बांके,फागुन,२४,गते।
इरफान अहमद शेष नेतृत्वका राष्ट्रिय स्वराज पार्टीद्वारा बांकेको नेपालगंजमा होली मिलन कार्यक्रम सम्पन्न भएको छ । हिन्दुहरुको पावन पर्व होली (फागु पूर्णिमा) को उपलक्षयमा बुधबार राष्ट्रिय स्वराज पार्टी बांके नेपालगंज उपमहानगरपालिका कमिटीले एक समारोहका बीच होली मिलन कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ ।
होली मिलन समारोहमा आपसी भाइचारा, सुमधुर सम्बन्ध विस्तार, पुराना बिचार र आपसी सदभाव बनाई राख्नको लागि रंगको जस्तो रंगिन जीवन हाँसीखुसी बितोस भन्ने उद्देश्यले तथा वर्ष दिनहरुको तिता–मिठा कुराहरुलाई बिर्सेर नया दिनको सुरुआतको लागि होली मिलन समारोह आयोजना गरिएको राष्ट्रिय स्वराज पार्टीकी केन्द्रीय नेतृ जोया शेषले लिमरा खबरलाई बताउनुभयो ।
उहाँले भने होलीलाई हामो जीवनमा नयाँ उमङ्ग तथा जोशजागर ल्याउने पर्वको रुपमा लिने गरेको जानकारी दिनुभयो । उक्त कार्यक्रममा विभिन्न पार्टीका प्रतिनिधि,बुद्धिजीवी ,कर्मचारी ,समाजसेवी युवा र विद्यार्थीहरु समेत उपस्थिती रहेको थियो । सो कार्यक्रम सबै जनाले होलिको शुभकामना साटासाट गरेको हो । होलिमा मदिरा सेवन नगर्नको लागि सहभागीहरुले सबैमा आग्रह पनि गरेका हुन् ।