मंसूर अलि इद्रिशि
बांके,फगुन,२२,गते-नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १७,को वडा कर्यालय परसपुर बाँकेले सोमवार होली मिलन कार्यक्रम गरेको छ । वडा अध्यक्ष लक्ष्मण प्रसाद बर्माको अध्यक्षतामा वडा नम्बर १७, परसपुरको वडा कार्यालय प्राङ्गणमा होली मिलन गरिएको हो ।
होली मिलन कार्यक्रमलाई सम्बोधन गर्दै वडा अध्यक्ष लक्ष्मण प्रसाद बर्माले होली पर्बले आपसी सद्भाव, भाईचारा कायम गर्ने विश्वास गरे । फागु पूर्णिमा (होली) को अवसरमा सामाजिक सद्भाव तथा भाईचाराको प्रतिक रङ्गहरुको पर्व फागु,पूर्णिमा(होली) को पावन अवसरमा सम्पुर्ण वडा वासी, नगरवासि , देशवासि, बिद्यार्थी, कर्मचारी, शिक्षक, दाजुभाइ दीदी, बहिनी लगायत स्वदेश तथा विदेशमा रहनु भएका सम्स्त नेपालीहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गरेका छन् ।
वडा सचिव उपमन्यु त्रिपाठीले भने होली रङहरुको पर्व हो, यसले मानिसको जीवनमा रङहरु भर्ने र खुसीयाली ल्याइदिएको बताए । यो पर्वले सांस्कृतिक एकता सुदृढ गर्न र समाजमा भाइचारा र सद्भावको भावना बढाउन महत्वपूर्ण भूमिका पनि खेल्छ ।
होली मिलनको अवसरमा वडा सचिव उपमन्यु त्रिपाठीले लिमरा खबरलाई जानकारी दिंदै होली मिलन कार्यक्रम गरेर आफ्नो समाजिक धार्मिक परम्परालाई निरन्तरता दिएको पनि बताए । सो कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १७,का वडा अध्यक्ष लक्ष्मण प्रसाद बर्मा, वडा सचिव उपमन्यु त्रिपाठी वडाका कर्मचारी वडा सद्स्य फिरोज बेहना, वडा सदस्य, स्थानिये जनपर्तिनिधी संचारकर्मी लगायतको सहभागिता रहेको थियो ।