मंसूर अलि इद्रिशि
बांके,फागुन,१४ गते-रौतहटको राजपुरमा अन्तर्राष्ट्रिय स्तरको कवि सम्मेलन वा मुशायरा हुने भएको छ । मुस्लिम मिडिया प्रालिद्वारा आयोजना गरिएको मुशायरामा देशविदेशाका ख्याति प्राप्त कवि शायर तथा शायराहरुको प्रस्तुति हुनेछ ।नेपाल,भारतका कवि, र साहित्यकारबीचको सम्बन्ध निकै पुरानो छ, जसले दुवै देशको साझा सम्पदाको संरक्षण गरी एकअर्कालाई नजिक ल्याएको छ ।
भारत–नेपालको दृष्टिकोणले दुवै देश अलग भए पनि यहाँका नागरिक दुवै देशमा आफ्नो परम्परा, अनुसार संस्कृतिमा छन्, भारत र नेपालका रहन सहन र वेशभूषाका हिसाबले सधैं एकअर्कासँग नजिक रहेका छन्। दुवै देशका धर्मगुरु, कवि, पत्रकार र साहित्यकारहरूले यो सम्बन्धलाई सधैं बलियो गर्दै आएका छन् ।
नेपाल र भारतलाई थप बलियो पार्न मुस्लिम मिडिया प्रालिका अध्यक्ष इश्तियाक अहमदले चैत ३ गते राजपुर बजारको पानी ट्यांकी स्थित हुने मुशायरा नेपालमा भव्य कार्यक्रममा गर्न कालागी नेपाल,भारतको सदभाव मुशायरा तथा कवि सम्मेलन आयोजना गरेका छन् । जसमा नेपाल,भारत देशका महत्वपूर्ण कविहरू एकै ठाउँमा आएर दुवै देशको साहित्यिक सम्पदाहरुमा साझा गर्ने, छ्न।
नेपाली मुस्लिम विद्यार्थी संगठनका राष्ट्रिय अध्यक्ष तौहिद रजाले लिमरा खबरलाई जानकारी गराउदै यस साहित्यिक र सदभाव कार्यक्रमको मुस्लिम मिडिया प्रालिद्वारा आयोजना गरिएकोमा बधाई दिँदै हाम्रा साझा सांस्कृतिक, तथा सामाजिक, धार्मिक सदभाव र साहित्यिक सम्बन्धलाई प्रवद्र्धन गर्न र अगाडि बढाउन यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने बिस्वास रहेको बताउनुभयो।