बांके,फागुन,१३ गते।
कोहलपुर नगरपालिका वडा नम्बर.१२ चप्परगौडी स्थित सडक छेउमा फलफुल खरिद गर्न कर्ममा अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ११६ ग्राम सहित ३ जनालाई सनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा जिल्ला बर्दिया बढैयाताल गाउँपालिका वडा नं।७ बस्ने बर्ष २१ को बिशाल सिंह ठकुरी मोटरसाइकलमा पछाडी सवार भई जिल्ला बाँके कोहलपुर नगरपालिका वडा नं.११ बस्ने बर्ष,१८,को निर्जन ढकालले पश्चिम तर्फबाट चलाई ल्याएको भे.१३प. २७३ नम्बरको आर.टि.आर मोटरसाईकल चेक जाँचगर्दा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
प्रहरी.स.नि.कमल के.सी.को कमाण्डमा खटिएको प्रहरी टोलीले शंका मानी निजहरुको शरीर समेत खान तलासी गर्दा बिशाल सिंह ठकुरीको साथबाट ११५ ग्राम ७८० मिलिग्राम र निर्जन ढकालले कानमा लुकाई राखेको २२० मिलिग्राम गरी जम्मा ११६ ग्राम लागुऔषध ब्राउन सुगर, ३ थान मोबाईल, नगद नौ हजार आठ सय भे.१३.प. २७३ नम्बरको निलो रङको आर.टि.आर. अपाची मोटरसाईकल सहित पक्राउ परेका छन।
प्रहरीले सोधपुछ गर्दा उक्त लागुऔषध भारतको बलई गाउँबाट ल्याएको र उक्त लागुऔषध भारतको बलई गाउँबाट ल्याउँदा जिल्ला बर्दिया बढैयाताल गाउँपालिका वडा नं।७ बस्ने बर्ष २८ को बिक्रम सिंह ठकुरीले कोहलपुरसम्म उक्त लागुऔषध ओसार पसारमा संलग्नता रहेको भन्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। बिक्रम सिंह ठकुरी लाई आजै जिल्ला बाँके कोहलपुर नगरपालिका वडा नं.११ स्थित फेलापारी तीन जनालाई प्रहरीले पक्राउ गरी आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय बांकेले जनाएको छ।