बर्दिया,फागुन,९ गते।
विभिन्न पार्टी परित्याग गरी पचास जना भन्दा बढी नेता कार्यकर्ता नवगठित राष्ट्रिय स्वराज पार्टीमा प्रवेश गरेका छन् । बर्दिया जिल्लाको गुलरिया नगरपालिकामा पार्टी प्रवेश कार्यक्रम युवा नेता मुनीर शेषको अध्यक्षतामा भएको लगभग ५० भन्दा बढीले पार्टी प्रवेश गरेका छन।
अहिले राष्ट्रिय स्वराज पार्टी पश्चिम मधेसमा बिस्तार तीब्र गतिले अगाडी बडेको छ। राष्ट्रिय स्वराज पार्टी स्वराजी क्रान्तिकारी नेता इरफान अहमद शेषको नेतृत्वमा गठन भइरहेको शेषले लिमरा खबरलाई जानकारी गराएका छन ।
युवा नेता मो.फारूक हासमी, केन्द्रीय महिला नेतृ जोया शेषले भने पार्टी अहिले तीब्ररूपमा बिस्तार जारी रहेको जनाएकी छिन। हामी मधेसवादी सोंचबोकी राष्ट्रिय स्वराज पार्टीको बिस्तार कार्य शुरु गर्न गरेका छौं। आउनेदिनमा देशभरमा यसको संगठन बिस्तार हुने भनाइ युवा नेता खेमराज मौर्याले जनाएका छन।
इमानदारीपुर्वक जनताको बीच बसि संघर्ष गर्छौ तर संघर्षलाई बेच्ने क्रम नरोकिएकोले हामीले राष्ट्रिय स्वराज पार्टीको स्थापना गर्न बाध्य भयौं । केन्द्रीय महिला नेतृ जोया शेषले भने यदि सरकारले मधेसी जनतालाई अझै पनि न्याय गरेन भने हामी अन्दोलनका लागि पनि पछि हट्दैनौं ।