मंसूर अलि इद्रिशि
नेपालगन्ज माघ ९ गते-नेपालगन्जमा मंगलवार नेपाल शेर्पा सँघ बाँकेद्वारा विविध कार्यक्रम आयोजना गरी ग्याल्बो ल्होसार पर्व मनाएका छन् । नयाँ वर्षका रुपमा शेर्पा समुदायले २१५०औं ग्याल्बो ल्होसार मनाएका हुन् । ल्होसारको अवसरमा नेपालगंजको न्यु रोड स्थित रहेको बौद्ध गुम्बामा शेर्पा समुदायले आज पूजा गरेका छन् ।
मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र बराह गरी १२ वर्गमा ग्याल्बो ल्होसारलाई विभाजन गरिएको छ । नेपाल शेर्पा सँघ बाँकेद्वारा आयोजित नेपालको राष्ट्रिय पर्व ग्याल्बो ल्होसार २०७९ को उपलक्ष्यमा शेर्पा समुदायका युवायुती नगदसहित पुरस्कार आज बितरण गरेको छ । नेपाल शेर्पा सँघ बाँके बरिस्ठ सल्लाहकार नुरी शेर्पाले बताउनु भएको थियो ।
अब आउने दिनमा शेर्पा समुदायका युवा तथा युवतीहरुलाई उच्चशिक्षा दिने काम नेपाल सरकारको हो बाँके शेर्पा सँघकी बरिस्ठ सल्लाहकार नुरी शेर्पाले बताउनु भएको छ । ग्याल्बो ल्होसार फागुन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म विविध कार्यक्रमको आयोजना गरी भव्य रुपमा मनाइन्छ । ग्याल्बो ल्होसार भोटका नवौं राजा उदे गुङ्ग्यालका पालादेखि वसन्त पर्वका नामले मनाउन सुरु गरिएको हो । विगतमा हिमाली क्षेत्रका १२ जिल्लामा मनाइने ग्याल्बो ल्होसार हाल २२ जिल्लामा मनाइन्छ ।
शेर्पा जातिको बसाइँसराइसँगै यो पर्व मनाउने जिल्ला बढेको हो । पुस १५ मा गुरुङ समुदायले तमु र माघ शुक्ल प्रतिपदाका दिन तामाङ समुदायले पनि सोनाम ल्होसारका नाममा यो पर्व मनाइसकेका छन् ।ग्याल्बो ल्होसारको अवसरमा आज नेपाल सरकारले सार्वजनिक बिदा दिएको छ ।