विराटनगर,फगुन,९ गते।
प्रहरीले विराटनगर महानगरपालिका–१९ कि २८ वर्षीया प्रियंका सुनार हत्या आरोपमा ३ जनालाई पक्राउ गरेको छ । श्रीमतीको हत्या गरेको आरोपमा पक्राउ परेका विराटनगर महानगरपालिका–१९ का रमेश साह’२८ वर्षीया प्रियंका सुनारको हत्या आरोपमा उनका पति साहसहित तीनजनालाई प्रहरीले पक्राउ गरेको हो ।
प्रियंकाका श्रीमान् र कटहरी गाउँपालिका–५ का रमानन्द राम यसअघि नै पक्राउ परेका थिए भने सोमबार थप एकजना पक्राउ परेका हुन् । सोमबार कटहरी गाउँपालिका–५ का उमेश सरदारलाई पनि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी टीकाबहादुर कार्कीले जानकारी दिए ।
प्रारम्भिक अनुसन्धानका क्रममा रमानन्द शव व्यवस्थापनमा संलग्न भएको देखिएको र त्यस क्रममा उमेशको गाडी प्रयोग भएको पाइएको डिएसपी कार्कीले जानकारी दिनुभएको छ ।
प्रियंकाको शव आइतबार दिउँसो १२ बजेतिर मोरङको बूढीगंगा गाउँपालिका–२ अमाहीस्थित नरसिंह चौधरीको ग्वालीमा बोराभित्र फेला परेको थियो । शव पोस्टमार्टमका लागि कोसी अस्पतालमा लगिएको छ।घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।