बांके,फागुन,७ गते।
लुम्बिनी प्रदेश सरकारको कृषि तथा भूमि व्यवस्थामन्त्रीमा जनता समाजवादी पार्टीका भण्डारीलाल अहिर नियुक्त भएका छन्। अहिर जसपा लुम्बिनी प्रदेशका संसदीय दलका नेता हुन् ।
भण्डारीलाल अहिरले भोलि पद तथा गोपनियताको शपथ लिनेछन्। यसअघि कृषि तथा भूमि व्यवस्था मन्त्री नियुक्त भएका तुलसीराम शर्मालाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय हेर्ने गरी नयाँ जिम्मेवारी तोकिएको छ।
लुम्बिनी प्रदेशमा जसपाका तीन सांसद छन्। मुख्यमन्त्री चयनको वेला विश्वासको मत दिएको जसपाले विश्वासको मत दिएको थियो । माघ २८ मा विस्तार गरिएको मन्त्रिमण्डलमा नअटाएको सो पार्टीलाई आज कृषि तथा भूमि व्यवस्था मन्त्रालयसहित सरकारमा सामिल गरिएको हो ।
अब लुम्बिनी प्रदेश सरकारमा नेकपा एमालेबाट मुख्यमन्त्रीसहित ५ माओवादी केन्द्रबाट ३, जनमत, राप्रपा र जसपाबाट ११ मन्त्री रहेका छन्।