बांके,फागुन,७ गते।
बांकेमा राष्ट्रिय स्वराज पार्टीको पार्टी प्रवेश तथा अन्तरक्रिया कार्यक्रम भब्यरुपले सम्पन्न भएको हो। नेपालगंज उप महानगरपालिका वडा नम्बर १० गणेशमान चौक नजिकै रहेको साथी कृष्ण कटेजमा पार्टी प्रवेश तथा अन्तरक्रिया कार्यक्रममा बिभिन्न पार्टी परित्याग गरी राष्ट्रिय स्वराज पार्टीमा प्रवेश गरेका छन।
प्रवेश गर्नेहरुमा डा.दुखि राम गोडिया, अधिवक्ता गोविन्द राम शर्मा, पूर्व माओवादी केन्द्रीय सदस्य क्रान्तिकारी नेता शालिकराम पाठक, पूर्व गाविस सचिव चन्द्र कुमार गोडिया, जनमत पार्टीका युवा नेता माधवराम बर्मा, जनमत पार्टी महिला संघकी जिल्ला सचिव मिरा मौर्या, सहसचिव पुष्पा हरिजन लगायत एमाले, काँग्रेस , राप्रपा , जनमत , जसपा, लोसपा लगायतका पार्टी परित्याग गरि लगभग ५०० सय जनाले राष्ट्रिय स्वराज पार्टीमा प्रवेश गरेको जानकारी राष्ट्रिय स्वराज पार्टीका नेता तथा जिल्ला उपसभापति राम निवास शाहूले दिएका छन।
कार्यक्रमको प्रमुख अतिथिरुपमा केन्द्रीय संयोजक इरफान अहमद शेष केन्द्रीय नेताहरूको व्यापक उपस्थिति रहेको थियो । सहसंयोजक चन्द्र शेखर सुनार, केन्द्रीय महिला नेतृ जोया शेष, केन्द्रीय सदस्य रीता खटिक, पार्टी संरक्षक रियाज अहमद , सहसंरक्षक जाबिर हल्वाई, केन्द्रीय सचिव राजा सिंह सरदार तथा कार्यक्रम सभापतिमा जिल्ला सभापति अब्दुल कादिर साई रहेका थिए।
कार्यक्रममा स्वागत मन्तब्य महिला केन्द्रीय नेतृ जोया शेषले गरेकी हुन उहाले सम्बोधनको क्रममा मधेस र मधेसी जनतालाई जनमत पार्टीले ठगि गरेकोले हामी जनमत पार्टी छोड्न बाध्य भएको पनि बताएकी छिन। त्यस्तै नेता जाबिर हल्बाइले पनि जनमत पार्टी र त्यसका मुखिया जनतामाथी ठगि गरेकोले आउने दिन कालोमोसो दल्न पनि पछि हट्नेछैनौ भन्ने कुरा भनेका छन ।
राष्ट्रिय स्वराज पार्टीका केन्द्रीय सहसंयोजक चन्द्र शेखर सुनारले आफ्नो मन्तब्यको क्रममा भनेका थिए हामी मधेसी जनताको लागि बलिदान दिन पछि हट्दैनौ तर मधेसीका गद्दारहरूलाइ अब छोडिदैनौ हामी इमानदारीपुर्वक जनताको बीच बसि संघर्ष गर्छौ । संघर्षलाई बेच्ने क्रम नरोकिएकोले हामीले राष्ट्रिय स्वराज पार्टीको स्थापना गर्न बाध्य भएकार्छौ।
राष्ट्रिय स्वराज पार्टीले जनताको लागि जीवनभर लड्न तयार रहेको पनि बताए प्रमुख अतिथि केन्द्रीय संयोजक इरफान अहमद शेषलाई नाराबाजीका साथ कार्यकर्ताहरूले स्वागत गरेका थिए। उहाँले बोल्नेक्रममा भनेका थिए यदि सरकारले मधेसी जनतालाई अझै पनि न्याय गरेन भने हामी अन्दोलनका लागि पनि तयारर्छौ पछि हट्दैनौं हामीले निरन्तर १२ वर्षदेखि मधेसी जनताको बिचमा रहि संघर्ष गरे जेल गएपनि अहिले सम्मको संघर्षलाई डा.सिके राउतले बेचेको आरोप पनि शेषले लगाएका छन।
शेषले भनेका छन ७ वर्षसम्मको अन्दोलनलाई डाक्टर सिके राउतले आफ्नो निजि सम्पत्ति जस्तै गरि केपीको हाथवाट बेचेका हुन । मधेसी जनताको बलिदानी र बालबालिकाको अहिले पनि गुणस्तरीय शिक्षा, स्वास्थ बाट बन्चित गरिएको पनि भनेका छन । हाम्रो लडाई आउनेदिनमा शिक्षा, स्वास्थ , रोजगार , मधेस एकीकरण , पूर्ण समानुपातिक निर्वाचन प्रणाली तथा जनसंख्याको आधारमा निर्वाचन क्षेत्रको लागि हुने राष्ट्रिय स्वराज पार्टीका प्रमुख इरफान अहमद शेषले लिमरा खबरलाई बताएका छन।
राष्ट्रिय स्वराज पार्टी बाँकेको संगठन बिस्तार् भइसकेको पनि जनाएका छन । आजकै दिन देखि बाकेको संगठन बाँकेवासीलाइ सुम्पिएको जानकारी पनि दियेका छन, म आफ्नो पूरै जीवन जनताको लडाईमा अग्रपंतीमारही लडनाको लागि समेत तयार रहेको पनि जनाएका छन।