नेपालगंज,फगुन,६ गते।
उलेमा काउन्सिल नेपाल बाँकेले विवाहको नाममा गरिने अनावश्यक खर्चलाई रोक्न कडाइ गर्ने निर्णय गरेको छ । शनिबार नेपालगञ्जको जामा मस्जिद फैजुननबीमा बसिएको बैठकले उल्मा काउन्सिलले विवाहको नाममा दाइजो लेनदेन गर्नेहरुलाई कडाइको साथ रोक्ने निर्णय गरेको हो । विवाहको अवसरमा केटि पक्षसँग दाइजो माग गर्ने, डिजे बाजा गाजा बजाउने, नाचगान गर्ने , पटाखा पट्काउने, गर्नेहरुको निकाह नपढाउने समेत जनाएको छ ।
उल्मा काउन्सिल नेपालले बाँके बर्दियाका अध्यक्ष मौलाना कहफुलवरा मिस्बाही साहबले दाइजोप्रथालाई रोक्न आम समुदाय उलेमा, समाजका अगुवा तथा जागरुक युवाहरू एकजुट हुन आग्रह गरे । उनले भने दाइजो लेनदेनका कारण गरीब परिवार माथी निकै दमन भएको छ । अधिकांश परिवारका छोरीहरूको विवाह नै नहुने अवस्था आएको छ ।
लामो समय देखि समाजमा दहेजप्रथाले नकारात्मक असर पारिरहेकोले उलेमाहरुको समुहले दाइजो लेनदेन गर्ने विवाहको नाममा अनावश्यक खर्चगर्नेलाई बढावा दिएको छोरी पक्षलाई पीडित बनाउनेहरुको निकाह पढाउने बंदेज लगाएको । यस निर्णयको प्रचारप्रसारका लागी हरेक मस्जिदबाट उद्घोष गर्ने र ठाउँ ठाउँमा ब्यानर सहित सचेतना फैलाउने उलेमाहरुको अभियान चलाउने निर्णय पनि भएको छ ।
बांके जिल्लाका उलेमाहरुको अगुवाई तथा बांके जिल्ला (N.M.S.O) संस्थाका अध्यक्ष तौहिद रजा साहब लगाएत बुद्धिजीवीहरुको उपस्थितिमा यो निर्णय भएको छ । जसमा मुफ्ति कहफुलवरा मिस्बाही, मौलाना नशीरुद्दीन अन्सारी , सामज सेवी जियाउल हल्वाई, आसिफ अन्सारी, मौलाना शरिफुल कादरी, मौलाना जमाल अन्सारी , मौलाना अब्दुल जब्बार मञ्जरी लगायतको सहभागिता रहेको उल्मा काउन्सिल नेपाल बाँके बर्दियाका अध्यक्ष मुफ्ति कहफुलवरा मिस्बाहीले लिमरा खबर लाई बताए ।