मंसूर अलि इद्रिशी
बांके,फागुन,६ गते-एन.एम.एस.ओ.संस्थाका प्रमुख मुफ्ति सलिम साहबले नेपालहज समितिलाई बधाई दिएको छ। नेपालबाट हज जनाका लागी २०२३ को फारम घोषणा हुनेबित्तिकै नेपाल हज समितिले आफ्नो देशबाट हज जानेका लागि निर्देशिका जारी गर्दै आफ्नो वेबसाइटमा हज २०२३ को फारम अपलोड गरेको थियो।
नेपालका मुस्लिम समुदायहरूले आवेदन दिन सक्नेछन् । यस सम्बन्धमा नेपाली मुस्लिम विद्यार्थी संगठनको कार्यालय नेपालगञ्जमा भएको भेटमा अध्यक्ष तौहिद रजा साहबले लिमरा खबरलाई जानकारी दिंदै उनले भने यस वर्ष नेपालबाट हज गर्न जानेहरुलाई नेपाली मुस्लिम विद्यार्थी संगठनका प्रमुख मुफ्ति सलिम साहबले बधाई दिएको बताउनुभयो ।
आ–आफ्नो क्षेत्रबाट हजमा जाने हजयात्रीलाई फारम भर्नेदेखि लिएर मार्गनिर्देशन बुझाउनसम्मका सबै सहयोग गर्न सङ्गठनका सबै सदस्यहरूलाई तौहीद रजाले नेपाल हज सदस्य हजरत मौलाना सज्जाद कादरीले बताए ।
नेपाल हज समितिले कुनै पनि हाजीलाई कुनै समस्या र अप्ठ्यारोमा नपरोस् भनेर नेपाल हज समितिले हरसम्भव प्रयास गरिरहेको र यसका लागि नेपाल हज समितिका प्रत्येक सदस्य आफ्नो सेवा दिन हर समय तत्पर रहेको (N.M.S.O) का प्रमुख मुफ्ति सलिम साहबले जानकरी दिनु भएको छ ।