बांके,फागुन ३गते।
नेपालहज समितिले हज यात्राका लागि निवेदन खुल्ला भएको छ । नेपाल हज समितिले सन् २०२३ (हज१४४४) का लागि हज यात्रा गर्न चाहाने इस्लाम धर्मालम्बीहरुका लागि निवेदन खुल्ला गरेको हो । आगामी चैत्र ४ गतेभित्र हज यात्रा गर्न चाहानेले आवश्यक प्रक्रिया पुरा गरी निवेदन दिन सक्ने भन्दै समितिले सुचना प्रकाशित गरेको छ ।
साउदी अरब सरकारले नेपाललाई हज यात्राका लागि यो वर्ष १४ सय कोटा छुट्टाएको छ । सोही अनुसार १२ सय जनाले यात्रा गर्न पाउनेछन् ।
हज यात्रा गर्न इच्छुकले पहिलो किस्तास्वरुप २ लाख २५ हजार रुपैयाँ आफु बसोबास गरेको जिल्ला प्रशासन कार्यालयमा बुझाएर निवेदन दिन सक्नेछन् ।