नेपालगंज,फागुन १,गते।
स्थानीय सरकारले सार्वजनिक तथा गुठी जग्गाको संरक्षण गर्नुपर्ने स्थानीय ऐनमा भएतापनि स्थानीय तहले भूमाफियासंग मिलेर गुठी जग्गाको निजि गर्नका लागी सिपारिस गरेको पाइएको छ । नेपालगंज उपमहानगरपालिकाले वडा नम्बर १७ को कार्यालयबाट अनुमति नलिई नेपालगंज,१७ परसपुर सहादत मस्जिद गुठीको नाममा रहेको ५२ कट्ठा जग्गा करोडो मुल्य पर्ने जग्गालाई निजि गर्नका लागी नेपालगंज उपमहानगरपालिका पुर्ब मेयर र कानुन साखाकी अधिक्रत तथा स्थानिये भूमाफियाको मिलोमतोमा सिपारिस गरेको स्थानिये मुस्लिम अगुवाहरुले जनाएका छन ।
एकतर्फ भू–माफियाहरुले नेपालगंजमा रहेको विभिन्न मठ–मन्दिर मस्जिद तथा पोखरीलगायत सार्वजनिक जग्गामा अतिक्रमण गरेको छ भने अर्को तर्फ अतिक्रमणमा परेको जग्गाको संरक्षण गर्नुको साटो स्थानीय सरकारले आफैँ भू–माफियासंग मिलेरा जग्गालाई निजिकरण गर्ने गरि बिभिन्न प्रपञ्च तथा मिलेमतो गरि आ–आफनो नाममा लैजानाका लागी मालपोत कार्यालय बांके र नापी कार्यालय तथा नेपालगंज उप-महानगरपलिका कार्यालय का केही भ्रष्ट कर्मचारीहरुसंग मिलेमतो गरि सहादत मस्जिद गुठीको ५२ कट्ठा जग्गालाई निजीकायम गराईरहेको स्थानिये श्रोतको दाबी छ ।
सहादत मस्जिद गुठीको नाममा बिधिवतरुपमा दान गरिदिएको जग्गालाई निजि गर्ने नियतले कथित भुमाफियाहरु लागेका छन । केहि दिन अगाडि हाम्रो संरचनाले प्रकासित गरेको खबरमा धार्मिक आस्था माथी हस्तछेप गरेकालाई ईश्व्रर ले पनि तिनिहरुलाई त्यसै नछोडेको एउटा घटना नेपालगञ्जमा हालै सार्वजनिक भएको छ । घटना अध्ययन बिवरण अनुसार पश्चिम नेपालको प्रशिद्ध बागेश्वरी मन्दिरको पूर्वपटटी तलाउ्रको बीच भागमा बिराजमान जुंगेश्वर महादेवले परिचित रहनुभएको शंकर भगवानको नित्य पूजाआजा गर्नलाई आवश्यक खर्चका लागी सोमनाथ उपाध्यायले दानपत्र गर्नुभएको उक्त जग्गा भुमाफियाहरुले बिभिन्न प्रपञ्च तथा मिलेमतो गरि आ–आफनो नाममा गराई हिनामिना गरेको पाइएको छ।
नेपालगंज उपमहानगरपालिका वडा नं. १७ परसपुरमा स्थित रहेको सहादत मस्जिद गुठी को नाउमा दर्ता रहेको सम्पूर्ण जग्गाहरु यसै मुस्लिम समुदायका विभिन्न दाताहरुबाट दानपत्र भई अएको र केही जग्गा त्यँहा रहेको मुस्लिम समुदायको अगुवाहरुबाट चन्दा संकलन गरी खरीद गरिएको हुनाले उक्त सहादत मस्जिद गुठी सम्पुर्ण मुस्लिम समुदायहरुको सार्वजनिक सम्पत्ति हो सहादत मस्जिद समितिका उपा अध्यक्ष सज्जन अलि सल्मानीले लिमरा खबरलाई जनाएका छन ।
उक्त सहादत मस्जिद गुठीको संचालक समिति बनाई २०३७ सालमा मस्जिदको नाममा दानपत्र भए देखि कँही कतै कनुनी रुपले दर्ता नभएकोले यस नेपालगंज उपमहानगरपालिका वडा नं. १७ परसपुरको पुर्ब वडा अध्यक्ष अजय कुमार पाठकको अध्यक्षतामा बैठक बसी यस सहादत मस्जिद गुठीको संवद्र्धन, संरक्षण र व्यवस्थापन गर्ने “सहादत मस्जिद ईदगाह कर्बला व्यवस्थापन समिति” नामक संस्था बनाई जिल्ला प्रशासन कार्यलय बाँकेमा दर्ता गराई कनुनी रुप प्रदान गरियो । संस्था दर्ता भई सकेपछि यस नेपालगंज उपमहानगरपालिका बाँकेको कार्यलयलाई समेत जानकारी पनि गराईयोको छ ।
सहादत मस्जिद गुठीलाई फेरी सहादत मस्जिद निजि गुठीको रुपमा दर्ता गर्नको लागि यस नेपालगंज उपमहानगरपालिका बाँकेको कार्यलयका पुर्ब मेयरले मुस्लिम हरुको आस्था मस्जिदलाई निजि दर्ताका लागी भूमी सुधार तथा मालपोत कार्यलय बाँके लाई सिफारिस गरिदिएको जानकारी वडा नम्बर १७ को कार्यालय लाई मुस्लिम अगुवाहरुले जानकारीदिए पछि नेपालगंज-१७ का वडा अध्यक्षले उक्त सिफारिस नियम कानुन बिपरित रहेकाले वडा कार्यालयले सहादत मस्जिद निजि गुठी दर्ता गर्ने कार्य रोक्का गरी दिनका लागी भनि भूमि सुधार तथा मालपोत कार्यलय बाँकलाईे सिफारिस समेत गरेको छ।
सहादत मस्जिदको जग्गामा मस्जिद इदगाह कर्बला मदर्शा समेत रहेको खुलेको छ । परसपुरका मुस्लिम को अस्था माथी नेपालगंज उपमहानगरपालिकाका पुर्ब मेयरले स्थानिये चुनावमा राजनिती गर्नका लागी खेलखेले को स्थानिए मुस्लिम अगुवाहरुको भनई रहेको छ।