मंसूर अलि इद्रिशि
बांके,माघ्,२९गते-नेपाल सरकारमार्फत टर्कीमा राहत सामग्री पठाएकोमा इमाम अहमद रजा ट्रष्ट काठमाडौंको नेपाली मुस्लिम विद्यार्थी संगठनले प्रशंसा गरेको छ ।अहिले टर्कीमा गएको भूकम्पका कारण पुरै देशमा अराजकता छ, शव, घाइतेको चित्कार र ठूला-ठूला भवनका धोस्त भएका छन्, यसबाट सारा विश्व शोकमा परेको छ । विपद्, मानवताले हामीलाई बिना भेदभाव मानवतालाई मद्दत गर्न सिकाउँछ, टर्कीमा अनगिन्ती मानिसहरू घरबारविहीन र विपन्न भएका छन्, ।
थाहा छैन कतिले आफ्ना आफन्त गुमाएका छन्, यो उनीहरूलाई मद्दत गर्ने समय हो यदि हामीले केहि गर्न सक्दैनौं भने कम्तिमा हामी उनीहरूका लागि प्रार्थना गर्न सक्नु पर्छ। यी विपद् पीडितहरूलाई सहयोग गर्न चाहनेले इमाम अहमद रजा ट्रष्ट, काठमाडौंका जिम्मेवार व्यक्तिलाई सम्पर्क गर्न सक्नुहुन्छ।
अहमद रजा ट्रस्टको तर्फबाट नेपाल सरकारमार्फत टर्कीमा राहत सामग्री पठाइएको छ। नेपाली मुस्लिम विद्यार्थी संगठनको कार्यालय नेपालगञ्जमा भएको भेटमा अध्यक्ष तौहीद रजाले टर्कीका भूकम्पपीडितका लागि प्रार्थना र सहयोगको अपिल गरेका छन् ।
इमाम अहमद रजा ट्रष्ट काठमाडौंले आफ्नो प्रतिनिधिमण्डल मौलाना इरफान मौलाना अमजद आदि मार्फत नेपाल सरकारमार्फत मन्त्रालयबाट पठाइएको राहत सामग्रीको प्रशंसा गर्दै सबै ठाउँबाट सहयोगका लागि जनतालाई अघि बढ्नुपर्ने लिमरा खबरलाई तौहीद रजाले बताएका छ्न ।