बांके,माघ,२९ गते।
खजुरा गाउ.पालिका जनमत पार्टीकी महिला नेता तथा गाउपालिका उप-प्रमुख उम्मेदवार रुबिना बेहनाद्वारा जनमत पार्टीबाट राजी नामा गरेकी छिन। साथै राष्ट्रिय स्वराज पार्टीमा प्रबेस गरेकि घोसडा समेत गरेकि हुन।नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १८ मा सयौंको संख्यामा युवाहरु राष्ट्रिय स्वराज पार्टीमा प्रवेशगरेका छ्न ।
नेपालगन्ज १८ मा सयौंको संख्यामा विभिन्न पार्टी परित्याग गरि राष्ट्रिय स्वराज पार्टीमा पर्वेश भएको जानकारी जिल्ला सभापति अब्दुल कादिर साईले लिमरा खबरलाई जनाएका छन।
लालता हरिजनको अध्यक्षतामा नेपालगन्ज वडा नम्बर १५ मा राष्ट्रिय स्वराज पार्टीको वडा इकाई समिति बिस्तार गरि राष्ट्रिय स्वराज पार्टीको एक भेलामा ११ सदस्यीय वडा इकाई समिति पनि गठन भएको छ। यसका साथै राष्ट्रिय स्वराज महिला संघको समेत २१ सदस्यीय वार्ड समिति गठन भएको जानकारी केन्द्रीय नेतृ जोया शेषले जनाएकी छिन।
बाँकेको विभिन्न स्थानमा आजकै मितिमा राष्ट्रिय स्वराज पार्टीको बिस्तार भएको जानकारी संरक्षक सदस्य जाबिर हल्वाइले जनाएका छन, । आजकै मितिमा बाँकेको कोहलपुर नगरपालिका , डुडुवा गाउपालिका तथा नेपालगन्ज उपमहानगरपालिकामा संगठन बिस्तार भएको जानकारी जिल्ला उपसभापति राम निवास साहूले जनाएका छन।