बांके,माघ,२९ गते।
बालअधिकारकर्मी साहिल अन्सारीले हरेक युवाको हातमा सबिधानको किताब अभियान सुरु गर्न लागेको हो। अभियानमा लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरिक्षक डिआईजी टेक प्रसाद राईले ऐक्यबद्धता जनाउनु भएको छ ।
साथै डिआईजी राईले सो अभियानको प्रशंसा समेत गर्नुभयो र यसमा लुम्बिनी प्रदेश प्रहरीको तर्फ बाट आवस्यकता परेको खण्डमा सहयोग गर्ने प्रतिबद्दता समेत व्यक्त गर्नु भयो । डिआईजी राइले भन्नुभयो कानुन सबैले थाहा पाउनुपर्छ हामिले हाम्रो देशको सबिधान कानुन तथा मौलिक हक बारे सबै जानकार बन्न एकदमै आवस्यक रहेको समेत जोड दिनुभयो ।
सामाजिक अभियान्ता समेत रहेका बालअधिकारकर्मी साहील अन्सारीले अभियानमा ऐक्यबद्धता पाएको प्रति खुशी हुदै धन्यवाद समेत दिनुभयो र वहाँले भन्नु भयो यसमा लुम्बिनी प्रदेश प्रहरी प्रमुखको साथ् पाउँदा यो अभियान लाई सार्थक बनाउन सजिलो रहेको बताउनुभयो, किनभने नागरिकको मानवअधिकार रक्षा गर्न प्रहरी निकायको एकादमै भूमिका हुनाले यस प्रति धन्यवाद व्यक्त गर्नुभएको छ। अधिकारकर्मी अन्सारी नयाँ सरोकारका सह-सम्पादक समेत हुन् ।