बांके,माघ,२७ गते।
कोहलपुर नगरपालिका वडा नम्बर १४ मा तिरथ खटिक को अध्यक्षतामा ११ सदस्य सहित वडा समिति गठन गरिएको छ । राष्ट्रिय स्वराज पार्टीले प्रथम कोहलपुर नगर.पालिका वडा नं.१४ को बैठक समपन्न गरेको छ, । आजको कार्यक्रममा बाँके जिल्ला जनमत पार्टीको पुर्ब वडा समिति अध्यक्ष हाल राष्ट्रिय स्वराज पार्टी को जिल्ला सदस्य तिरथ खटिक को अध्यक्षतमा भेला भई वडा समिति चयन गरिएको जानकारी स्वराजी दलित नेता बिष्णु खटिक (बि.के) मधेसीले बताएका छन ।
आजको कार्यक्रममा स्वागत मन्तव्यमा हेमा खटिकले , गरेका थिए । कार्यक्रममा संगठनका प्रमुख खटिक मधेसीले कार्यक्रम संचालन सुरु गरेका छन । त्यस्तै मन्तब्यकै क्रममा तिरथ खटिक ,हेमा खटिक ,सबित राम यादव , पुष्पा हरिजन लगायत मन्तब्य राखेका थिए, संगठनको लक्ष्य , आगामी उद्देश्य , मुद्दा , संगठन निर्माण लगायतका विषयमा नेता खटिकले प्रकाशपारेका थिए।
नेता खटिकले बोल्ने क्रममा अब मधेशको गाउँमा घरघरमा कठित मधेशवादीको भन्डाफोर गर्ने कार्य अब स्वराजीहरु उदय भएको भनेका छन, उहाले अबको आउने चुनावबाट मधेशमा स्वराज को बाक्लो उपस्थिति रहने दाबी समेत गरेका छन ।
मधेसी जनतालाई मुर्ख बनाई खानेहरुको पहिचान मधेसी जनताले गरिसकेको छ। प्रत्येक गाउँमा अझ बिस्तार गरि घर घरमा पुर्याउने जिम्मेवारी अब हामी स्वराजी नेताको उदय भएको हो, नेता खटिकले चयन भएका सबै स्वराजी को उद्देश्यलाई टोलटोलमा पुर्याउने निर्देशन दिइएका छन, । आजको कार्यक्रम भेलाबाट यहि आउने फाल्गुन ७ गते पार्टी प्रवेश तथा अन्तरक्रिया सदरमुकाम नेपालगन्जमा हुन गइरहेकोले नेता खटिकले बताएका छन ।