बांके,माघ,२७ गते।
डुडुवामा राष्ट्रिय स्वराज पार्टीले सङ्गठन विस्तार कार्यलाई तीव्रता दिएको छ । राष्ट्रिय स्वराज पार्टीले बांके डुडुवा वडा नम्बर ४ मा कार्यसमिति चयन गरेको छ। एक अन्तरक्रिया कार्यक्रममा १९० जना भन्दा बढीले राष्ट्रिय स्वराज पार्टीमा प्रवेश गरेका छन। उक्त कार्यक्रममा राष्ट्रिय स्वराज पार्टीका केन्द्रीय सदस्य महिला नेतृ जोया शेष ,युवा नेता हुशेन अंसारी , संस्थापक नेता नौसाद अंसारी, खेमराज मौर्य, लगायतका नेताहरूको उपस्थितिमा कार्यक्रम गरिएको राष्ट्रिय स्वराज पार्टीकी केन्द्रीय महिला नेतृ जोया शेषले लिमरा खबरलाई जानकारी दिएकी छिन।
राष्ट्रिय स्वराज पार्टीले बांके डुडुवा गाऊपालिकामा पहिलो पटक आयोजना गरेको भेलाले पार्टीको पक्षमा जनलहर देखिएको राष्ट्रिय स्वराज पार्टीका बांक जिल्ला अध्यक्ष अब्दुल कादिर साईले बताउनु भएको छ । कार्यक्रम हुने सम्बन्धी सामान्य सूचनाका आधारमा पनि हजारौँको सङ्ख्यामा नागरिकहरूको उपस्थितिले सकारात्मक सन्देश दिएको उहाँको भनाइ छ ।
उक्त कार्यक्रमकै दौरानमा १९० भन्दा बढी व्यक्तिहरू पार्टी प्रवेश गरेको जिल्ला अध्यक्ष साईले दाबी छ ।राष्ट्रिय स्वराज पार्टीकी प्रवक्ता जोया शेष लगाएत आजको कार्यक्रमलाई सम्बोधन गर्नेहरुमा हुशेन अंसारी , राजू बर्मा, खेमराज मौर्याले भनेका छन जनमत पार्टीका मुखिया मधेसी जनताको लागि होइन मधेसी युवाहरुलाई आफ्नो पवृति लाद्ननको लागि संघर्ष गराएका हुन, आजसम्म नै मधेसलाई राज्यले हेला गरिरहेकोले त्यसैले समाजको संघर्षलाई अगाडी बढाउनका निम्ति राष्ट्रिय स्वराज पार्टीको गठन भएको हो।
हाम्रो एजेन्डामा मधेस एकीकरण , पूर्ण समानुपातिक निर्वाचन प्रणाली , जनसंख्याको आधारमा निर्वाचन क्षेत्र निर्धारण , समान शिक्षा नीति , गाँस,वास, कपास, शिक्षा, स्वास्थ्यको ग्यारेन्टी , विभेदमुक्त समाज, समान न्याय ब्यवस्थामा आधारित मार्गदिशा हुने राष्ट्रिय स्वराज पार्टीले पुर्ब पश्चिम तराईमा भने राम्रो प्रभाव देखिएको छ राष्ट्रिय स्वराज पार्टीका अध्यक्ष इरफान शेषको भनाइ छ ।