मंसूर अलि इद्रिशि
नेपालगंज,माघ,२५ गते-नेपालगंज उप-महानगरपालिका वडा नम्बर १४ मा चालु आर्थिक वर्षमा संचालन गरिने कामलाई अगाडि बढाइएको छ । चालु आर्थिक वर्षमा वडा तथा नगरबाट विभिन्न योजनालाई रकम विनियोजन गरिएको र क्रमश कामहरु सुरु गरिएको वडा अध्यक्ष मजहर अलि साईले बताउनुभयो ।
चालु आर्थिक वर्षमा वडा भित्रका विभिन्न पूर्वाधार निर्माणका योजना सहित सामाजिक, शैक्षिक, स्वास्थ्य ,खेलकुद ,कृषि लगायत सबैलाई प्राथमिकता दिएर काम अघि बढाइने वडा अध्यक्ष साईले बताउनुभयो । वडामा कतिपय पूर्वाधार निर्माणका योजना अगाडि बढिसकेका छन् । र केहि योजना संचालनको क्रममा रहेका छन् । क्रमश सबै काम संचालन गरिने उहाँले बताउनुभयो ।
वडा नम्बर १४ भित्र रहेका साना बाटोलाई प्राथमिकता दिएर हाल पि.सि.सी को काम सम्पन्न भइसकेको छ । यस बाहेक ग्रावेल र नालाका काम वृक्षारोपणका लगाएतका योजनाहरु का लागी बजेट विनियोजन गरिएको वडा अध्यक्ष मजहर अलि साईले बताउनुभयो ।
कृषि तथा पशुपालन सम्बन्धि सिपमुलक तालिम , सरकारी स्वास्थ्य चौकीमा सुत्केरी भएका महिलाहरुका लागि पोषण आहार वितरण, ज्येष्ठ नागरिक सम्मान ,आर्थिक अवस्था कमजोर भएका बालबालिकालाई शैक्षिक सामाग्रि वितरण, वडा भित्रका क्लब प्रर्वद्धन ,खेलकु प्रर्वद्धन लगायतका काम समेत वडाबाट गरिने वडा अध्यक्ष साईले बताउनुभयो । कतिपय कार्यक्रम सुरु भएका र केही सुरुहुन बाँकी रहेकाले क्रमश कामहरु अगाडि बढाउदै जाने उहाँले बताउनुभयो ।
वडामा यसै वर्ष नगर स्तरका समेत विभिन्न कार्यक्रमहरु संचालन हुने वडा अध्यक्ष साईले बताउनुभयो । वडाभित्रका योजनालाई समयमा सम्मपन्न गर्ने विषयमा आफूहरु लागेको उहाँको भनाई छ । वडालाई सेवाग्राही मैत्री बनाउन समेत आफूहरु लागेको उहाँको भनाई छ ।
वडा अध्यक्ष साईका अनुसार वडा कार्यालयको नयाँ भवन निर्माण सम्पन्न गरि सो स्थानबाट सेवा सुरु गरिएको र वडामा आउने सेवाग्राहीलाई निशुल्क फोटोकपिको व्यवस्था समेत गरिएको उहाँको भनाई छ । वडामा विकासका काम देखी वडाबाट हुने कामलाई सेवाग्राही मैत्री बनाउने काममा आफूहरु लागेको वडा अध्यक्ष साईले लिमरा खबरलाई जानकारी गराउनुभयो ।