नेपालगंज,माघ,२४,गते।
बांके जनमत पार्टीका सक्रिय कार्यकर्ता धुर्ब गिरि ले पार्टीबाट राजीनामा घोषणा गरेको छ । गिरी पार्टीको वडा समितिका सदस्य भएर काम गर्दै आएका थिए उनले जनमत पार्टी परित्यागको घोषणा गरेका हुन् ।जनमत पार्टीले सबै कार्यकर्तालाई धोका दिँदै आफ्नो मुद्दालाई बेवास्ता गर्दै अघि बढेको छ ।
गिरिले भने जनमत पार्टीले कसैको कुरा सुन्दिन, त्यसका लागि माघ २४ गते देखि जनमत पार्टी छोडेर राष्ट्रिय स्वराज पार्टीमा आबद्ध भई । अब जनमत पार्टीलाई विश्वास गर्न सकिँदैन, यो मधेस विरोधी शक्ति हो ।
जनमत पार्टीले बेवास्ता गरेका कारणले आफु पार्टी परित्याग गर्न बाध्य भएको बांकेको नेपालगंजका सक्रिय कार्यकर्ता धुर्ब गिरिले जनाए ।राष्ट्रिय स्वराज पार्टीकी केन्द्रीय नेतृ जोया शेषले जानकारी दिएकी छिन।