बांके,माघ,२३,गते।
जनमत पार्टीमा तानासाही हाबी भएको भन्दै बांकेका मो.हुशेन र धर्मराज बर्माको ले सामुहिक रुपमा पार्टीबाट राजीनामा घोषणा गरेको छ । आज बांकेमा पत्रकार सम्मेलन गरी उनिहरुले सामुहिक रुपमा पार्टी परित्यागको घोषणा गरेका हुन् ।
डा. सिके राउतले आसेपासेहरु संग मात्र कुराकानी गर्ने र मधेशको मुद्धाबाट पञ्छिएको भन्दै उनिहरुले सो पार्टीबाट राजीनामाको घोषणा गरेको हुन। डा. राउतले आफनो जासुसी दलाल बाहेकका फोन कल समेत नउठाएको लगायत माग प्रति पार्टीले बेवास्ता गरेको कारण आफुहरु पार्टी परित्याग गर्न बाध्य भएको बांकेको नेपालगंजका सक्रिय कार्यकर्ता मो. हुशेनले बताए ।
आजका मिति देखि आफुहरु राष्ट्रिय स्वराज पार्टीमा आबद्ध भई उनिहरुले सामुहिक राजीनामा घोषणा गरेका हुन् । राष्ट्रिय स्वराज पार्टीकी केन्द्रीय नेतृ जोया शेषले जानकारी दिएकी छिन।