नेपालगंज,माघ,२२,गते।
जनमत पार्टीका बाँकेका युवा नेता कलामुद्दीन शेषले राजीनामा गरेका छ्न । बिभिन्न पद सम्हाल्दै आएका नेता कार्यकर्ताहरुले आफुहरु माथि पार्टीले अन्याय गरेको जनाउदै पदबाट राजीनामा दिएका छन । जनमत पार्टी बाँकेका युवा क्रान्तिकारी नेता कलामुद्दीन शेषद्वारा पार्टी परित्याग गरेको घोषणा गरेका छ्न । माघ २२ गतेका दिनदेखि नै पार्टी छोडेका हुन, उहाँ सहित लगभग १ दर्जन नेता र कार्यकर्ताहरुले राजीनामा गरेका छन, ।
युवा क्रान्तिकारी नेता कलामुद्दीनले भने जनमत पार्टी आफ्नो मुद्दा छोड्दै गएको र साथै आफ्नै कार्यकर्ताहरुलाई काखा,पाखा गर्ने गरेको आरोप लगाएका छन, । बाँके जिल्लामा राष्ट्रिय स्वराज पार्टी नै आउनेदिनमा मधेसी जनताको मुक्तिको आधार हुनेमा नेता शेष ढुक्क भएको पनि बताएका छन ।
विगत एक दशक देखि निरन्तर पार्टी संग हातेमालो गर्दै आएका संस्थापक बाँके जिल्ला युवा नेता कलामुद्दीन शेषले आईतबार पार्टीबाट राजीनामा दिएका छन । सिके राउत र उनको केन्द्रिय टिमले बिभिन्न पार्टी संग साटगाठ गरी आर्थिक आर्जन गर्ने र आफ्नै पुराना सहयोगीहरुलाई धोका दिने कार्य गरेको आरोप लगाउदै पार्टीमा उनले सधारण सदस्य समेत नरह्ने गरी राजीनामा दिएका छन । राष्ट्रिय स्वराज पार्टीकी केन्द्रीय नेतृ जोया शेषले लिमरा खबरलाई जानकारी दिएकी छिन।