नेपालगंज,माघ,१७,गते।
जनमत पार्टी बाँकेको जिल्ला कोषाध्यक्ष नाजमा बागवानले पार्टीको सम्पूर्ण पद तथा साधारण सदस्य समेत नरहने गरी राजीनामा गरेकी छिन। आजकै मितिवाट उहाँ ले पार्टी छोडने निर्णय गरेको आफ्नो फेसबुकमा लेखेर राजीनामा दिएको जान गराएकी छिन।
जनमत पार्टीका नेतृत्व वर्गका पदाधिकारीहरु पार्टीको निति नियम उलंघन गरी सिमित ब्यक्तिले पार्टीलाई नियन्त्रणमा लिई प्रा.लि.जस्तो चलाएको आरोप लगाएकी छिन्। जनमत पार्टी कुनै पनि मुद्दामा अडिक नरहेकोले पार्टी परित्याग गरेको बागवानले बताईन ।
पार्टीले जनताको भावनासंग खेलवाड गरी आम नागरिकलाई प्रयोग मात्र गरेको आरोप लगाउदै उनले विज्ञप्तीमा उल्लेख गरेकि छिन् ।जनमत पार्टीबाट राजीनामा पछि राष्ट्रिय स्वराज पार्टीमा प्रवेश हुने पनि नाजमा बागवानले लिमरा खबरलाई जानकारी गराएकी हुन ।
जनमत पार्टीमा राजनीतिकमा गुटबाट गुज्रिरहेको छ। जनमत पार्टीमा स्थापनाकालदेखि यसको अभ्यास गरिरहेकी छु र असर भोगिरहेकी छु। महिलालाई नेतृत्वमा अघि बढ्न गुटगत राजनीतिले पनि छेकबार लगाइरहेको जनमत पार्टी बाँकेको पुर्ब जिल्ला कोषाध्यक्ष नाजमा बागवानले बताउँछिन्।
उनले भनिन् कार्यकारी पद वा पदाधिकारीमा महिलाले दाबी गर्नुभन्दा पहिले पुरुषहरुको व्यवस्थापनमा समस्या आउँछ। बागवानले जनमत पार्टीले गरेको विभिन्न अन्दोलनमा अग्रमपंतीमा रही पार्टी प्रति राम्रो भुमिका समेत निर्वाह गर्दै आएकी थिए ।