काठमाडौं,माघ,१५,गते।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता रवि लामिछानेले नेपाली नागरिकता पाएका छन् । नागरिकता पुनः प्राप्तिका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौं पुगेका लामिछानले नागरिकता ऐनको दफा ११ बमोजिम कागजात पूरा गरेर नागरिकता लिएका हुन् । उनको पुरानै नागरिकता कायम भएको जिल्ला प्रशासनल कार्यालय काठमाडौंले जनाएको छ ।
अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकताको पुनः प्राप्तिका लागि कानुन बमोजिम प्रक्रिया पूरा नगरेको ठहर गर्दै सर्वोच्च अदालतले गत शुक्रबार रवि लामिछानेको सांसद पद खारेज गरेको थियो । यससँगै उनले उपप्रधानमन्त्री तथा गृहमन्त्री र राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० को सभापति पद पनि गुमाएका थिए ।
अमेरिकाको नागरिकता लिएको समयमा पनि नेपालको नागरिकता त्याग नगरी पुनः नेपाल आएर पुरानै नागरिकताअनुसार कामकारबाही गरेको भन्दै सर्वोच्चमा रिट परेको थियो ।