मंसूर अलि इद्रिशि
नेपालगंज,माघ,१५ गते-(NMSO) बांके द्वारा खाने पानी मंत्री अब्दुल खानलाई नेपालगंजमा भव्य स्वागत गरिएको छ। नेपाल सरकारका खाने पानी मन्त्री अब्दुल खानले बांकेमा नेपाली मुस्लिम विद्यार्थी संगठनको कार्यालय पुगेर विद्यार्थीको हितका लागि सक्दो पहल गर्ने आश्वासन दिएका छन् । नेपाल सरकारका नवनियुक्त खानेपानी मन्त्री र जनमत पार्टीका उपाध्यक्ष जनाब अब्दुल खान पहिलो पटक आफ्नो गृह जिल्ला बर्दिया आउनुअघि नेपालगञ्जमा भव्य स्वागत गरिएको हो ।
प्रसिद्ध नुरी मदिना मस्जिद र उनी नेपाली मुस्लिम विद्यार्थी संगठनको (NMSO)प्रधान कार्यालयमा पनि पुगेका थिए, जहाँ उनलाई मस्जिदका इमाम मौलाना नसिरुद्दीन अन्सारी साहेब र नेपाली मुस्लिम विद्यार्थी संगठनका राष्ट्रिय अध्यक्ष तौहीद रजालगायतले स्वागत गरेका थिए ।
उक्त अवसरमा (NMSO) का अन्य पदाधिकारीले माला लगाएर स्वागत गरेका थिए । मस्जिदको वुजुखाना र मस्जिद विस्तारका लागि खरिद गरिएको जग्गाको निरीक्षण गरेपछि उनले मस्जिदको वजुखानामा बोरिङ गराउने र जग्गा खरिदका लागि सहयोग गर्ने आश्वासन दिएका छ्न । उलमा, अवाम र नेपाली मुस्लिम विद्यार्थी बिर्ता गाउँमा आएकाले उहाँलाई संस्थाका एकाइका सदस्य मौलाना नसिरुद्दीन साहेब र नायब अमिर, राष्ट्रिय उलामा परिषद् नेपाल शाखा लुम्बिनी प्रदेश“राष्ट्रिय उल्मा कौंशिल के उपाअध्यछ तथा (NMSO) का संरक्षक मुफ्ती कैफुल वाराले स्वागत गर्नुभएको थियो ।
उक्त कार्यक्रममा मुस्लिम समुदायको समस्या समाधानका लागि मन्त्रीज्यूसँग कैफुलवारा मिसबाही साहब, कारी अब्दुल कय्युम साहब, कारी अजमत साहब, कारी शमीम साहब र कारी सरिफ साहब आदिले खानेपानी मन्त्री जनाब अब्दुल खान साहब, नेपाली मुस्लिम समुदायका समस्या समाधान गर्न अपिल गरेका थिए । सङ्गठनका पदाधिकारीले यस संस्थाको प्रगति र उत्थानका लागि आफूले सक्दो प्रयास गर्ने र दर्तामा आउने समस्यालाई हटाउने प्रतिबद्धता विद्यार्थी संगठनका पदाधिकारीहरूलाई खानेपानी मन्त्री अब्दुल खान दिनु भयो । (NMSO) का संरक्षक मुफ्ती कैफुल वाराले लिमरा खबर लाई जानकारी गराउनु भएको छ।