नेपालगंज,माघ,१४ गते।
सह्बुद्दिन अनसारीद्वारा संघीय मन्त्री अब्दुल खानलाई नेपालगंज १६ जयसपुरमा स्वागत गरिएको हो। संघीय मन्त्रीमा नियुक्त भएपछि पहिलो फटक बांके पुग्नु भएका जनमत पार्टीका उपाध्यक्ष तथा खानेपानी मन्त्री अब्दुल खानंलाई बांके जनमत पार्टीका बरिश्ट नेता सह्बुद्दिन अनसारीले आफ्नो निवासमा भव्य स्वागत गरिएको छ ।
शनिबार बांकेको क्षेत्र नं. ३ नेपालगंज-१६ जयसपुरमा आयोजित स्वागत कार्यक्रमहरूमा मन्त्री अब्दुल खानंले आफ्ना मतदाताहरूकै कारण मन्त्री बन्ने अवसर मिलेको बताए । उनले भने, ‘बांके जिल्लाका मतदाताहरूको शिर निहुरिने गरेर कुनै पनि काम गर्नेछैन । स्वागत कार्यक्रममा बांके जनमत पार्टीका नेता स्थानिये अगुवाहरुहरुले समेत मन्त्री खानंको भव्य स्वागत गरेका हुन् ।
मन्त्री खानंले भने स्वच्छ खानेपानीको प्रयोग संविधानमै मौलिक अधिकारका रुपमा ईंगित गरिएकाले यो दायित्व पुरा गर्न चुनौति पनि छ,’ उहाँले भन्नुभयो, ‘तर सबै चुनौतिको सामना गर्दै स्वच्छ, सफा खानेपानी सबै जनताको पहुँचमा पुर्याउन म प्रतिवद्ध छु ।सबै जनतालाई खानेपानी पुर्याउने दायित्व बोकेको खानेपानी मन्त्रालय गम्भीर ढंगले यो दायित्व वहन गर्न लागि परेको मन्त्री अब्दुल खानं ले बताउनुभयो ।