मंसूर अलि इद्रिशि
बरेलिको दरगाहमा रहेको मदरसा मन्जर-ए-इस्लाममा ७४ औं गणतन्त्र दिवस भव्यताका साथ मनाएको छ। दरगाह प्रमुख हजरत सुभानी मियाँ र सज्जादानशीन हजरत मुफ्ती अहसान मियाँले ७४ औं गणतन्त्र दिवसको अवसरमा बधाई दिए छ्न । दरगाह परिसरमा आयोजित उत्सवको अवसरमा मदरसाका शिक्षक, अलिम र मुफ्तीहरूले महिला सशक्तिकरणको विषयमा प्रकाश पारेको भारतिये मिडिया प्रभारी नासिर कुरेशीले बताए ।
मुफ्ती मोहम्मद सलिम ले मुस्लिम महिला तथा बालबालिका शिक्षाको क्षेत्रमा अझै पछाडीको सिकार रहेको बताउनुभयो । उनीहरूलाई संसारको उच्च-नीच बुझाउन आवश्यक छ। तब मात्र बलियो र शक्तिशाली भएर आफ्नो इज्जत, धर्म, जात र परिवारको इज्जत जोगाउन सकिंछ । राम्रो शिक्षा र दीक्षा दिएर समाजमा सही गलत छुट्याउन सकिन्छ । देशको मूलधारमा सामेल भई आपसी सद्भाव बढाउने र संवैधानिक तेवरले आफ्ना मूल मुद्दाको आवाज उठाउने प्रयास गर्ने बताए । मुफ्ती अकिल रज्वीले आफ्ना छोरा छोरी र महिलाहरूलाई गलत बाटोमा नाजानालाई रोक्नु पर्छ।
७४ औं गणतन्त्र दिवसलाई सम्बोधन गर्दै डा. एजाज अन्जुमले हाम्रो संविधान विश्वकै उत्कृष्ट भएको बताए । यसमा अल्पसंख्यक मुस्लिमहरूलाई धेरै अधिकार दिइएको छ। मास्टर कमलले विद्यार्थीहरुलाई संविधानको बारेमा जान्न र त्यसको पालना गर्न अपिल गर्दै गणतन्त्र दिवसको महत्वबारे प्रकाश पारेका थिए ।
यस अघि विद्यार्थीहरुले तिरंगा फहराएर सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । सबैलाई मिठाई वितरण गरिएको थियो । मदरसा मन्जर-ए-इस्लामले जनाएको छ। कार्यक्रममा मुफ्ती कफील, मुफ्ती अफरोज, मुफ्ती मोइनुद्दीन, मुफ्ती अयुब खान, कारी रिजवान मौलाना अख्तर, कारी अब्दुल हकिम, मौलाना अबरारुल हक, सैयद शाकिर, सैयद जुल्फी, मास्टर इरफान, मास्टर खालिद लगाएतको सहभागिता रहेको थियो। भारतिये मिडियाले जनाएको छ ।