नेपाली मुस्लिम विद्यार्थी संगठनले २०२३ जनवरी २१ मा स्विडेनमा सरकारको सहयोगमा कुरान पाक जलाएर नेपालसहित विश्वभरका डेढ अर्बभन्दा बढी मुस्लिमको धार्मिक भावना माथि चोट पुर्याएको छ । स्विडेन सरकार विरुद्ध विरोध कार्यक्रम र विरोध प्रदर्शन गर्दै, स्वीडेनले विश्वभरका मुस्लिमहरूबाट तुरुन्त माफी माग्न र यस जघन्य अपराधमा संलग्न अपराधीहरूलाई कडा कारबाही गर्न माग गरेको छ।
नेपाली मुस्लिम विद्यार्थी संगठन (NMSO)का मिडिया इन्चार्ज मुफ्ती अनवर रजाले भने, “नेपाली मुस्लिम विद्यार्थी संगठन (NMSO) का सबै शाखामा विरोध कार्यक्रम आयोजना गरिएको थियो। (NMSO) का बरेली इकाईले दरगाह आलाहजरतमा स्विडेनी सरकारविरुद्ध प्रदर्शन गरेको थियो।
(NMSO) का कार्यवाहक राष्ट्रिय अध्यक्ष तौहीद रजाले स्वीडेनलाई दबाब दिन र ऐना देखाउन नेपाललगायत सबै देशले स्वीडेनसँगको राजनीतिक सम्बन्ध अन्त्य वा सीमित गर्नुपर्ने बताए । मुफ्ती अनवर रजाले यो कुरान जलाउने घटनाले नेपाल लगायत विश्वभरका मुस्लिमहरुको आस्थामा ठेस पुगेको छ,। त्यसैले हामी नेपाली मुस्लिमहरुले हस्ताक्षर अभियान मार्फत स्विडेनी सरकारसँग कडाईका साथ वार्तागरी मुस्लिमहरुको अधिकारको रक्षा गर्न सरकारलाई आग्रह गरेका छन् ।
मौलाना फुर्कान नेपालीले भने कि इस्लाम धर्मले कुनै पनि धार्मिक ग्रन्थको अपमान गर्न नदिने भने आफ्नै धार्मिक ग्रन्थ कुरानको अपमान कसरी सहने उसलाई गिरफ्तार गरेरा स्विडेन सरकारले कार्वाही गर्नु पर्छ। स्विडेन सरकारले माफी मागोस,अन्यथा मुस्लिम राष्ट्रहरुले स्विडेनसँगको राजनीतिक सम्बन्ध तुरुन्तै अन्त्य (NMSO) ले जोरदार मांग गरेको छ। बरेलि (NMSO) का भारतिय मिडिया पर्भारी अनवर रजाले जानकारी दिनु भएको हो।