मंसूर अलि इद्रिशि,
बांके,माघ,१२,गते-नेपालगंज वडा नम्बर १७ परसपुर स्थित रहेको जय बागेश्वरी विद्या निकेतन स्कुलले सरस्वती पुजा धुम,धाम,संग मनाइएको छ । विद्यालयमा विभिन्न कार्यक्रम गरी देवी सरस्वतीको पूजा अर्चना एवं मूर्ति प्राण प्रतिष्ठा गरी सरस्वती पुजा मनाएको हो । विद्यालयले विभिन्न सांस्कृतिक कार्यक्रमहरूको पनि आयोजना गरेका थिए ।
विद्यालय नपठाइएका साना बालबालिकालाई सरस्वती पूजाकै दिनदेखि अक्षरारम्भ गराउने प्रचलन रहेको छ। सरस्वती पुजा अथवा बसन्त पञ्चमीका दिनबाट अक्षराम्भ गराएमा बालबालिका पढाईमा अब्बल बन्ने विश्वास गरिन्छ । चन्द्रमा जस्तो गोरो वर्ण भएकी तथा हातमा वीणा र पुस्तक लिएकी विद्याकी देवी सरस्वतीलाई भक्तजनले भारती, शारदा, हंसवाहिनी, जगन्माता, वागीश्वरी, कौमारी, वरदायिनी, बुद्धिधात्री, ब्रह्मचारिणी, चन्द्रघण्टा र भुवनेश्वरीजस्ता नामले पुकार्छन् । विद्यालयका शिक्षक पर्बेस यादवले लिमरा खबरलाई बताए । सरस्वती पुजाको अवसरमा विद्यालयका अभिभावक विद्यार्थी सस्थापक शिक्षक शिक्षिका लगायतको उपस्थिति रहेको थियो ।
जय बागेश्वरी विद्या निकेतन स्कुलका प्रधानाध्यापक धर्मराज यादवले लिमरा खबरका सञ्चारकर्मीलाई जानकारी दिंदै सरस्वती पुजाको अवसरमा २१ जना विद्यार्थीको भर्ना विद्यालयले गरी सकेको हो। सरस्वती पूजाको सु-अवसरमा आयोजित अक्षरारम्भ कार्यक्रममा आ-आफ्ना नानीबाबुहरूलाई समावेश गराई उनीहरूको उज्ज्वल भविष्य सुनिश्चित गर्नुहुन हार्दिक अनुरोध समेत यादवले गरेका छन । उक्त दिन भर्नामा विशेष छुटको समेत व्यवस्था रहेको विद्यालयले जनाइएको छ ।
सरस्वती प्रकट भएको दिन अर्थात् सरस्वती जयन्ती मानेर सरस्वतीलाई विद्याकी देवीका रूपमा पूजा–आराधना गर्ने प्रचलन वैदिक कालदेखि चलिआएको छ ।