काठमाडौं, माघ ९ गते ।
बाँकेकी निर्मला कुर्मीको न्यायको माग गर्दै प्रदर्शनमा उत्रिएका रुबी खानसहितका अधिकारकर्मीहरुलाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौंको माइतीघरबाट र्यालीसहित बबरमहलतर्फ अघि बढिरहेको बेला प्रहरीले काठमाडौं जिल्ला अदालत अगाडिबाट खानसहितका अधिकारकर्मीलाई पक्राउ गरेको हो ।
शंकास्पद मृत्युबारे चित्तबुझ्दो छानबिन गरेर दोषीलाई कारबाही गर्नुपर्ने मागसहित अधिकारकर्मी खानको समूह प्रदर्शनमा उत्रिएका थिए । प्रहरीले अधिकारकर्मी खानसहित ७ जनालाई पक्राउ गरिएको बताइएको छ । २०७६ साल चैत महिना १४ गतेका दिन मा भारतमा निर्मलाको शंकास्पद मृत्यु भएको थियो । त्यसपछि निर्मलाको न्याय माग गर्दै अधिकारकर्मीहरु आन्दोलन गर्दै आएका छन् ।
अधिकारकर्मीहरुले आन्दोलन गरेपछि सरकारले छानबिन समिति पनि गठन गर्यो तर पीडितले अझैँ न्याय नपाएको भन्दै अधिकारकर्मीहरु आन्दोलनमा उत्रिँदै आएका छन् । उनीहरुले निर्मला कुर्मीलाई बेपत्ता पारेको घटानाको अनुसन्धान गर्न र आरोपीलाई पक्राउ गर्न माग गरेका छन् ।