मंसूर अलि इद्रिशि
बांके-माघ,९,गते-जानकी गाउँपालिका वडा नम्बर १ मा राष्ट्रिय परिचयपत्र तथ्यांक संकलन सम्पन्न भएको छ । जिल्ला प्रशासन कार्यालय बांकेका टोलीले मंशिर १७ गतेदेखि जानकी गाउपलिका वडा न. १ मा सुरु गरिएको राष्ट्रिय परिचयपत्र तथ्यांक संकलन माघ ९ गतेका दिन सम्पन्न गरिएको छ ।
जानकी गाउँपालिका वडा न. १ का वडा अध्यक्ष मो.रजा राई [युनुस] वडा सचिव ईश्वर कुमार बम साथै वडाका जनपर्तिनिधि लगायत वडा का कर्मचारीहरु जिल्ला प्रशासन कार्यालय बांकेका कर्मचारीहरु को सहभागितामा राष्ट्रिय परिचयपत्र तथ्यांक संकलन समापन गरेका छन्। वडा अध्यक्ष मो.रजा राई [युनुस]ले लिमरा खबरलाई जानकारी दिंदै नागरिकताको प्रमाणपत्र प्राप्त व्यक्तिहरुले आवश्यक विवरण भरेर राष्ट्रिय परिचय पत्र प्राप्त गर्न सक्ने जानकारी दिए ।
जनतालाई प्रदान गर्ने सेवा सुविधा एकीकृत प्रणालीमार्फत एउटै परिचयपत्रबाट प्राप्त हुने प्रावधान सहितको प्रणालीको विकास गर्ने, जैविक पहिचान सहितको बहुउपयोगी परिचयपत्र तयार गरी वितरण गर्ने र जानकी गाउँपालिका वडा नम्बर १ मा बस्ने सबै व्यक्तिका विवरण राष्ट्रिय तथ्यांक भण्डारणमा समाविष्ट गर्ने राष्ट्रिय परिचय पत्रको उद्देश्य रहेको वडा सद्स्य इब्राहिम हल्वाईले बताए ।