मंसूर अलि इद्रिशि
बरेलि,माघ,७,गते-ख्वाजा मोइनुद्दीन चिश्ती अजमेरीको ८११ औँ उर्स-ए-ख्वाजा आजमेर शरीफमा पर्चम कुसाईको १८ जनवरी देखि सुरु भएको छ। उर्समा सहभागी हुन विश्वभरका भक्तजनहरु अजमेर शरीफ पुग्ने गरेको मिडिया इन्चार्ज नासिर कुरेशीले बताए । यही शृङ्खलामा नेपालबाहेक देशका कुना–कुनाबाट पनि ठूलो संख्यामा तीर्थयात्रीहरू रेल र सडक मार्गबाट बरेलीस्थित दरगाह अला हजरतमा दर्शन गर्न पुगेका छन् ।
सडकबाट आउने जेरिनका लागि पुरानो प्रहरी लाइनदेखि दुल्हा मियाँको मजारसम्मको बस बिसौनी हो । दरगाह र जिल्ला प्रशासनले तीर्थयात्रीको सुविधाका लागि घुम्ती शौचालय, पानीको ट्याङ्कीको व्यवस्था गरेको छ । तीर्थयात्रीको घुइँचो दिनरात दरगाहमा भक्तजनको भीड भईरहेको छ । गुल्पोशी, चादरपोशीपछि दरगाहमा जाइरिनले फातिहापछि सबैका लागि प्रार्थना गरिरहेका छ्न ।
दरगाह प्रमुख हजरत मौलाना सुभान रजा खान (सुभानी मियाँ) र सज्जादंशिन मुफ्ती अहसान रजा कादरी (अहसान मियाँ) लाई भेटेर नमाज पढेर तीर्थयात्रीहरु यात्राको लागि प्रस्थान गर्दैछन् । यो शृङ्खला जनवरी २५ सम्म चल्नेछ। यसपटक नेपालको अजमेर शरीफ जाने तीर्थालुहरु दरगाहमा दर्शन गर्न आउने गरेको दरगाहका वरिष्ठ मुफ्ती सलिम नुरी बरेलवीले बताए ।
हाजी जावेद खान, शाहिद नुरी, नासिर कुरैशी, अजमल नुरी, परवेज नूरी, मंजूर खान, ताहिर अल्वी, औरंगजेब नूरी, गौहर खान, शान रजा, आसिफ रजा, तनवीर रजा, एलेनबी, इशरत नूरी, नईम नूरी, इशरत नूरी, , सैयद माजिद, शाद रजा, मुजाहिद नुरी, खलील कादरी, सैयद एजाज, तारिक सईद, अब्दुल मजीद खान, साकिब रजा, नफीस खान, अस्मीर रजा, आसिफ नूरी, मोहसिन रजा, काशिफ सुभानी, हाजी अब्बास, अरबाज रजा लगाएत उपस्थिती रहेको छ।