मंसूर अलि इद्रिशि
नेपालगंज,माघ,६ गते-लुम्बनी प्रदेश सभा सद्स्य माननीय आदेश कुमार अग्रवालको स्वकिय सचिवमा मोहम्मद रजा कवडिया [राई] नियूक्त भएका छन् । पुस, २२, गते देखि लागु हुनेगरी नै प्रथम श्रेणीको स्वकिय सचिव पदमा माननीय आदेश कुमार अग्रवालले उनलाई नियुक्त गरेका हुन ।
स्वकिय सचिव बनेका राई जनता समाजवादी पार्टी नेपाल बांकेको सचिव पद मा रहेको जसपा बांकेको संगठन विस्तारमा अत्यन्त सकृय भुमिका निर्वाह गरेका उनी समाजसेवामा समेत अत्यन्त क्रियाशिल रहेका छन् । बांके जिल्ला नेपालगंज-१५ जमुनाहमा घर भएका राई जसपाका अत्यन्त प्रभावशालि जनप्रिय व्यक्ति हुन् ।
पार्टीमा यसअघि महत्वपुर्ण कुनै पदमा नरहँदा पनि अत्यन्त सकृय भुमिका निर्वाह गरेका छ्न, स्वकिय सचिव राई प्रत्यक्ष निर्देशनमा रही आफ्नो पदीय जिम्मेवारी पुरा गर्ने आशा र विश्वास लिएको लुम्बनी प्रदेश सभा सद्स्य माननीय आदेश कुमार अग्रवालले गरेका छन् । उनलाई सफल कार्यकालको हार्दिक शुभकामना ।