काठमाडौँ,माघ,४ गते।
मन्त्रिपरिषद्को पहिलो बैठक सिंहदबारमा जारी भएको छ। मन्त्रीमण्डल विस्तार भएपछि पहिलोपटक बैठक बसेको हो। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा जारी बैठकले सरकारको प्रवक्ता समेत तोक्ने छ।
मन्त्रिपरिषद्को बैठकले केही महत्वपूर्ण निर्णय गर्न सक्ने बताइएको छ। मंगलबार प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद् २३ सदस्यीय भएको थियो। खानेपानी, युवा खेलकुद र वन मन्त्रालयमा अझैसम्म मन्त्रीहरु गइसकेका छैनन्।
अर्कातिर युवा तथा खेलकुद र वन खाली राखेको सत्ता गठबन्धनले जनता समाजवादी र नागरिक उन्मुक्ति आउने अपेक्षा गरेको छ। अहिले सरकारमा सात पार्टी सहभागी छन् । मन्त्रिपरिषद् मा चार जना उपप्रधानमन्त्री र अरु मन्त्री रहेका छन् ।