मंसूर अलि इद्रिशि
नेपालगंज,माघ,२ गते-पोखरामा आइतबार भएको विमान दुर्घटनाप्रति पुर्ब मंत्रि मोहम्मद ईस्तियाक राईले दुस्ख व्यक्त गरेको छ । जनता समाजबादी पार्टी [जसपा]का केन्द्रिय कार्यकारिणी समिती सदस्य पुर्व मन्त्री मोहम्मद इश्तियाक राईले वक्तव्य जारी गरि दु:ख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली र आफन्तजनमा समवेदना व्यक्त गरेका छन् ।
पुर्व मन्त्री मोहम्मद इश्तियाक राईले नेपाली आकाशमा बारम्बार भइरहेको दुर्घटनाको कारणहरुको विस्तृत अध्ययन, अनुसन्धान गर्नुका साथै आगामी दिनमा दुर्घटना न्युनीकरणका उपाय अवलम्बन गर्न सरोकारवालालाई ध्यानाकर्षणसमेत गराएका छन् ।
१५ दिन अघिदेखि मात्र संचालनमा आएको पोखरा एअरपोर्टमा ल्यान्डिङको केही सेकेन्ड अगाडि भएको यो दुर्घटनाबारे हरेक प्राविधिक आयामबाट छानबिन गरियोस्। र, दुर्घटनाको वास्तविक कारण पत्ता लगाइ आउँदा दिनहरूमा हाम्रो हवाइ सेवा सुरक्षित छ भन्ने प्रत्याभूत गराउनेतर्फ नेपाल सरकारको पहलकदमी होस्। उनले सुरक्षित हवाई यात्राको विषयमा प्रष्ट योजना ल्याउन र हवाई सुरक्षाकै कारण पर्यटनमा पर्ने नकारात्मक असरबारे गम्भीर बन्न नेपाल सरकारसँग अनुरोधसमेत पुर्व मन्त्री राईले गरेका छन् ।