बुटवल-पुस,२७ गते-लुम्बिनी प्रदेशमा नेकपा एमालेका नेता लीला गिरी मुख्यमन्त्रीमा नियुक्त भएका छन्। प्रदेश प्रमुख अमिक शेरचनले गिरीलाई मुख्यमन्त्रीको पदमा नियुक्त गरेका हुन्। बुधबार लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचन समक्ष नेता गिरीले एमालेसहित माओवादी, राप्रपा लगायतका दलहरुको समर्थनमा आफ्नो मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए ।
प्रदेश प्रमुख शेरचनले दलहरुलाई सरकारमा दाबी पेश गर्न आजसम्म समयसीमा दिएका थिए । उक्त समयसिमा भित्र नयाँ सरकार निर्माणका लागि गिरीले गरेको दाबी पेश अनुसार लुम्बिनीका प्रदेश प्रमुख शेरचनले नेपालको संविधानको धारा १६८ को उपधारा ९२० बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
गिरीलाई नेकपा एमालेका २९, नेकपा माओवादी केन्द्रका १०, राप्रपाका चार, नागरिक उन्मुक्ति पार्टीका चार, जनता समाजवादी पार्टीका तीन, जनमत पार्टीका तीन, लोकतान्त्रिक समाजवादी पार्टीका तीन र दुई स्वतन्त्र गरी ५८ सांसदको समर्थन छ । रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ क. बाट निर्वाचित भएका सांसद हुन ।