मंसूर अलि इद्रिशि
नेपालगंज-पुष २६ गते-राष्ट्रिय परिचयपत्र तथ्यांक संकलन जानकी गाउँपालिका वडा नम्बर ३ मा सम्पन्न भएको हो । जिल्ला प्रशासन कार्यालय बांकेका टोलीले मंशिर १८ गतेदेखि जानकी गाउपलिका वडा न. ३ मा सुरु गरिएको राष्ट्रिय परिचयपत्र तथ्यांक संकलन पौष २५ गतेका दिन सम्पन्न भएको छ ।
वडा न. ३ का वडा अध्यक्ष राजकुमार कुर्मी [बाबु] वडा सचिव लालबहादुर राना तथा वडा अध्यक्षका सल्लाहकार किशोर कुमार थापा स्थानिये जनपर्तिनिधि लगायत वडा का कर्मचारीहरु जिल्ला प्रशासन कार्यालय बांकेका कर्मचारीहरु को सहभागितामा राष्ट्रिय परिचयपत्र तथ्यांक संकलन समापन गरेका छन्। वडा अध्यक्ष राजकुमार कुर्मी [बाबु], लिमरा खबरलाई जानकारी दिंदै नागरिकताको प्रमाणपत्र प्राप्त व्यक्तिहरुले आवश्यक विवरण भरेर राष्ट्रिय परिचय पत्र प्राप्त गर्न सक्ने जानकारी दिए ।
जनतालाई प्रदान गर्ने सेवा सुविधा एकीकृत प्रणालीमार्फत एउटै परिचयपत्रबाट प्राप्त हुने प्रावधान सहितको प्रणालीको विकास गर्ने, जैविक पहिचान सहितको बहुउपयोगी परिचयपत्र तयार गरी वितरण गर्ने र जानकी गाउँपालिका वडा नम्बर ३ मा बस्ने सबै व्यक्तिका विवरण राष्ट्रिय तथ्यांक भण्डारणमा समाविष्ट गर्ने राष्ट्रिय परिचय पत्रको उद्देश्य रहेको वडा अध्यक्षका सल्लाहकार किशोर कुमार थापाले बताए ।