मंसूर अलि इद्रिशि
नेपालगंज-पुष २५ गते-नेपालगंज उपमहानगरपालिकाको वडा नम्बर ,१७, परसपुर मा आज बाल संरक्षण जन्म दर्ता सम्बंधि जनचेतना मुलक कार्यक्रम सम्पन्न भएको छ । नेपालगंज उपमहानगरपालिकाको नगरकार्यपालिका कार्यालय बांके युनिसेफ फिल्ड अफिस रुपन्देही को सहयोगमा नेपालगंज, वडा नम्बर १७, परसपुरमा व्यक्तिगत घटनादर्ता जन्मदर्ताको महत्सम्बन्धी जनचेतना मुलक कार्यक्रम सोमबार नेपालगंज-१७ परसपुरमा सम्पन्न भएको हो ।
जनचेतना मुलक कार्यक्रम नेपालगंज,१७ वडा कार्यालय परिसर बाट सुरु भएको रैलि परसपुर गाउ को टोल-टोलमा पुगेर व्यक्तिगत घटनादर्ता सम्बन्धी प्लेकार्ड हातमा लिएरा स्थानीय बाल अधिकार समुह का भाई बहिनि, धर्मगुरु नेपालगंज उपमहानगरपालिकाका वडा नम्बर १७ परसपुर का वडा अध्यक्ष लक्ष्मण प्रसाद वर्मा, वडा सचिव उपमन्यु त्रिपाठी, वडाका कर्मचारी नेपालगंज उपमहानगरपालिका पंजिकरण साखाका कर्मचारी, स्थानिये जनपर्तिनिधि, स्थानियेबासी समाजसेबि लगाएतको उपस्थितिमा व्यक्तिगत घटनादर्ता जन्मदर्ताको महत्व सम्बन्धी जनचेतना मुलक कार्यक्रम भएको थियो ।
व्यक्तिगत घटनादर्ता जन्मदर्ताको महत्व सम्बन्धी जनचेतना मुलक कार्यक्रमको अवसरमा वडा सचिव उपमन्यु त्रिपाठीले, लिमरा खबरलाई जानकारी दिंदै घटना दर्ता ५ प्रकारका हुन्छन् । ती हुन् जन्म, विवाह, बसाइँसराइ, सम्बन्धविच्छेद र मृत्यु । ब्यक्तिगत घटना दर्ता नगरि बस्नु भनेको पनि पछिसम्म आफ्नै लागि काम साँचेर राख्नु जस्तै हो । बेलैमा जन्मदर्ता नगर्दा केटाकेटीलाई बिद्यालय भर्ना गर्न समेत पाईदैन।
बिवाह दर्ता नगर्दा नाता प्रमाणित गर्ने कानूनी कागज हातमा हुँदैन । जन्मदेखि मृत्युसम्मका हरेक घटना दर्ता गरेको खण्डमा सरकारी अड्डामा फटाफट काम हुन्छ । त्यसैले, आफूसँग सम्बन्धित सबै घटना ३५ दिन भित्र वडा कार्यालयमा गएरा दर्ता गरि हाल्नु पर्छ । नत्र कतिबेला कहाँ अप्ठेरो पर्छ भन्न सकिन्न । त्यसैले त भनेको ब्यक्तिगत घटना दर्ता नगर्नु भनेको काम साँचेर पछिका लागि दु:ख बोकेर राख्नु जस्तै हो । वडा सचिव त्रिपाठीले बताए।