मंसुर अलि इद्रिशि
नेपालगंज-पुष २४ गते-नेपालगंज , १६,१७,वडा नम्बरको सयुक्तमा आज वडास्तरीय अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हो । नेपालगंज उपमहानगरपालिकाको नगरकार्यपालिका कार्यालय बांके र युनिसेफ फिल्ड अफिस रुपन्देही को सहयोगमा नेपालगंज १६,र १७, नम्बर वडामा सञ्चालित व्यक्तिगत घटनादर्ता जन्मदर्ताको महत्व सम्बन्धी अभिमुखीकरण कार्यक्रम आईतबार नेपालगंज-१० मा रहेको होटल इंद्रेणीमा सम्पन्न भएको छ ।
नेपालगंज उपमहानगरपालिकाका वडा नम्बर १७ परसपुर का वडा अध्यक्ष लक्ष्मण प्रसाद वर्माको अध्यक्षतामा कार्यक्रम सुरु भएको हो । वडा सचिव उपमन्यु त्रिपाठी नेपालगंज उपमहानगरपालिकाका पंजिकरण साखा अधिकृत पर्बिन राना, महिला तथा बालबलिका साखा अधिकृत पबित्रा पुरी नेपालगंज-१६,१७ का बाल अधिकार समुह का भाई बहिनि,धर्मगुरु स्थानिये जनपर्तिनिधि को उपस्थितिमा कार्यक्रम संचालन नेपालगंज उपमहानगरपालिकाका पंजिकरण साखा अधिकृत पर्बिन रानाले गर्नु भयो ।
उक्त अवसरमा बोल्दै महिला तथा बालबलिका साखा अधिकृत पबित्रा पुरी व्यक्तिको जन्म, मृत्यु, विवाह, बसाईसराई र सम्बन्ध विच्छेदजस्ता घटनाहरुको अनिवार्य रुपमा दर्ता गरी व्यक्तिको घटना कानूनीस्तर कायम गर्न वडा स्तरीय अभिमुखीकरण कार्यक्रमले सहयोग पुग्ने बताएकी छिन् । व्यक्तिगत घटना दर्ता प्रणालीलाई राज्यको प्रशासनिक अभिलेख र तथ्याङ्कको लागि आधार स्तम्भको रुपमा लिएको बताउँदै व्यक्तिगत घटनाको स्थानीय निकायदेखि केन्द्रीयस्तरसम्म तथ्याङकको विवरण प्राप्त गर्न यसले मह्त्वपूर्ण भूमिका निर्वाह गर्ने उनले बताइन ।
व्यक्तिलाई मात्र असर वा प्रभाव नपारी समाज, राष्ट्र वा त्यसभन्दा बाहिर गएर क्षेत्रीय र अन्तर्राष्ट्रियस्तरसम्म सामाजिक, आर्थिक, राजनीतिक, प्रशासनिक जनसाङ्खीक रुपमा व्यक्तिगत घटनाले प्रभाव पारेका बताउँदै व्यक्तिगत घटना दर्ताप्रति सबैले चासो हुनुपर्ने पुरिले बताइन ।
कार्यक्रममा नेपालगंज उपमहानगरपालिकाका वडा नम्बर १७ परसपुर का वडा सचिव उपमन्यु त्रिपाठीले राज्यको प्रमुख ध्येय नागरिकहरुको सुरक्षा र हकहितको प्रवद्र्धन गर्ने बताउँदै नागरिकहरुलाई राज्यबाट प्रदान गरिने सेवा, सुविधा सरल, सहज र प्रभावकारी रुपमा जवाफदेही र उत्तरदायित्वका साथ प्रदान गर्न नागरिकहरुको अभिलेख व्यवस्थापन गरिनु आवश्यक भएको बताए । वडामा व्यक्तिगत घटना दर्ता गर्ने कार्य न्यून रहेको बताउँदै व्यक्तिका जीवनमा निरन्तर घटिरहने जन्म, मत्यु, विवाह आदि व्यक्तिगत घटनाहरु दर्ता गरी व्यक्तिको पहिचान तथा कानूनी अधिकार स्थापना गर्न प्रोत्साहित गर्ने उद्देश्यले वडा स्तरीय अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको उनले बताए ।
वडा स्तरीय अभिमुखीकरण कार्यक्रमको प्रशिक्षकमा नेपालगंज उपमहानगरपालिकाका पंजिकरण साखा अधिकृत पर्बिन राना, महिला तथा बालबलिका साखा अधिकृत पबित्रा पुरी नेपालगंज-१७ का वडा सचिव उपमन्यु त्रिपाठी लगायत कर्मचारीको उपस्थिति रहेका थिए । वडा स्तरीय अभिमुखीकरण कार्यक्रम समापन नेपाल गंज-१७ का वडा अध्यक्ष लक्ष्मण प्रसाद वर्माले गर्नु भयो ।