मंसूर अलि इद्रिशि
नेपालगंज-पुष,२३,गते–महालक्ष्मी लाईफ इन्स्योरेन्स नेपालगन्ज शाखा अन्तर्गत कोहलपुर-११ मा “महिला सशक्तिकरणमा महालक्ष्मी लाइफ” कार्यक्रम सम्पन्न गरेको छ । महिला समूदायलाई तालिम दिने, रोजगारीमा आवद्ध गर्ने र आय आर्जन गराउने उद्देश्यले यो कार्यक्रम संचालन गरेको हो ।
उक्त कार्यक्रम मा सोही वडा कि महिला जनप्रतिनिधी लीला रेग्मी को अध्यक्षयतामा प्रमुख अतिथि तेजेन्द्र न्योपाने प्रतिमा राना अतिथी गोबिन्द केसि निर्मला ओलि सन्दिप अधिकारी साथै प्रगतीशिल महिला बचत समूहका उपाध्यक्ष सदस्य लगायत स्थानिये महिला दिदिबहिनी हरु को उत्साह पुर्ण सहभागिता मा कार्यक्रम सप्पन्न गरियो कार्यक्रममा ५० जना महिलाहरुको सहभागिता रहेको थियो ।
समाजका अगुवा महिला र जनप्रतिनिधिहरुको अध्यक्षतामा सम्पन्न कार्यक्रमले तालिम, रोजगारी र आय बृद्धिको यो कार्यक्रमले महिलाहरुको आत्मबल बढाउन र सशक्तिकरणमा ठुलो योगदान दिने विश्वास व्यक्त गरे । महालक्ष्मी लाईफले यो कार्यक्रम आर्थिक वर्ष २०७९/८० भित्र ३० जिल्लामा संचालन गरी ६० जनालाई प्रत्येक्ष र ३,००० जना लाई अप्रत्येक्ष रोजगारी दिने लक्ष्य लिएको छ । महालक्ष्मी लाईफ इन्स्योरेन्स नेपालगन्ज शाखा अधिकृत सन्दिप अधिकारीले लिमरा खबर लाई बताए ।