नेपालगंज-पुष २१ गते-नेपालगंज फुलटेक्रामा रहेको अस्थायी ट्राफिक प्रहरीले मापसे मादक पदार्थ सेवन गरेको सवारीसाधान चलाउने वडा अध्यक्षलाई जरिवाना तिराएको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २१ पुरैना का वडा अध्यक्ष राजकुमार साहु तेली मापसे गरेर चलाए को सरकारी मोटर साइकल पुष २० गते बुधवार राती चेकिंग गर्दा फुलटेक्रा अस्थायी ट्राफिक प्रहरीले राती ८.१५ बजे मापसे चेक गर्दा मापसे सेवन गरेको वडा अध्यक्ष मोटर साइकल चलाएको ट्राफिक प्रहरीले जनाएको छ ।
ट्राफिक प्रहरी र वडा अध्यक्ष तेली मा १५ मिनेट सम्मा बहस चलेका थिये ट्राफिक प्रहरीको मापसे चेक गर्ने मेसिनमा फुक्ना नमानेको मा पर्तीनिधि हु भन्दै धाक लगाउदै गरेको बेला स्थानिए फारुक खान आफै पुगेरा मापसे ट्राफिक प्रहरी लाई चेक गर्न अधिकार रहेकोले भने पछी अध्यक्षले मापसे ट्राफिक प्रहरी लाई चेक गराउनु भयो र रक्सी खाएको प्रमाणित पनि भयो वडा अध्यक्षले जरिबाना पनि कटाउनु भयो जरिबाना कटाएको रसिद नम्बर १६८४७ रहेको छ।
नेपालगंज उप महानगरपालिका वडा नम्बर २१ पुरैनाका वडा अध्यक्ष सरकारी मोटर साइकल चढेर राति ८ बजे सम्म रक्सी सेवन गरेर सवारीसाधन चलाएइको पाइएको छ । वडा अध्यक्ष साहु तेली परे ट्राफिक को फ्न्दामा यस्ता घटनाहरु पछिल्ला समयमा बढ्दो क्रममा देखिएकाले कडाइका साथ अभियान चालिएको फुलटेक्रा ट्राफिक प्रहरी इंचार्ज गगन सुनारले लिमरा खबर लाई बताए ।