मंसूर अलि इद्रिशी
नेपालगंज- पुष १९ गते-नेपालगंज उपमहानगरपलिका वडा नम्बर १४ ले अत्यधिक चिसो बढेपछि आफ्नो वडा भित्र दाउरा वितरण गरेको छ । वडा अध्यक्ष मजहर अलि साई र स्थानिये जनपर्तिनिधि वडा सद्स्य को उपस्थितिमा बालेगाउं, बाबुगाउं, कल्लुपुर्वा, उधवपुर्वा, गोसाईपुर्वा, बभनपुर्वा, भनियापुर, भाट्नपुर्वा, बालापुर, साईपुर्वा, मन्नुपुर्वा, नयाबस्ति, गुलाम्पुर्वा, लगायत, वडा भित्र पर्ने गाउंमा दाउरा वितरण गरेको । वडा अध्यक्ष मजहर अलि साईले लिमरा खबर लाई बताए।
चिसोबाट बच्न नेपालगंज १४ मा समूहमा बसेर आगो तापेको दृश्य देखिएको छ । आ-आफ्नो घर अगाडी दाउरा, मुढा, कोइला बालेर तापेका हुन् । बाक्लो हुस्सुसँगै चलेको चिसो हावाका कारण जनजीवन कष्टकर बनेको स्थानीय जितराम खटिकले बताएका छन् ।
चिसोबाट वडाबासीलाई जोगाउन नेपालगंज-१४ ले दाउरा वितरण गरेको छ । वडा अध्यक्ष मजहर अलि साईले दाउरा खरिद गरि टार्लीमा लोड्गरेरा वडा भित्रको गाउंमा वितरण गरिएको वडा अध्यक्ष साईले जानकारी दिए । वडाको १४ वटै गाउंको चोकचोकमा आगो बाल्न दाउरा पठाईएको उनले बताए । वडाले दिएको दाउरा बालेर दिनभर चोकमा आगो तापेर बसेको वडा नं १४ का कल्लु राईले बताए ।
तर नेपालगंज उप-महानगरपालिकाले भने दाउरा वितरण गर्न सकेका छैनन् । गतवर्ष नेपालगंज उपमहानगरपालिकाले आगो ताप्न दाउरा वितरण गरेको भएपनि यसपटक वास्ता नगरेको स्थानीयको गुनासो छ । चिसोमा न्यानो लत्ता कपडाको अभावमा जीवन कष्टकर हुने नेपालगंज उप-महानगरपालिका १४ का इस्लाम राईले बताए ।