बाँके-पौष १३ गते-बैजनाथ गाउँपालिकाको सबै वडाका स्वास्थ्य चौकीहरुमा नि:शुल्क आँखा शिविर सम्पन्न भएको छ । पौष ३ गते देखि १२ गते सम्म संचालित उक्त शिविरहरुमा १८१६ जनाले आँखा परीक्षण गरी नि:शुल्क औषधि उपलब्ध गराइएको छ । तिन सय ९४ जनाको नि:शुल्क मोतियाबिन्दुको शल्यक्रिया गर्न फत्तेबाल आँखा अस्पतालमा रिफर गरिएकोछ।
निःशुल्क आँखा शिविर फत्तेबाल आँखा अस्पतालको आयोजनामा, तेजकोहली रुइत फाउण्डेशनको सहयोग र बैजनाथ गाउँपालिकाको सहकार्यमा गरिएको छ ।
निःशुल्क आँखा शिविर सञ्चालन गर्नमा सहजीकरण गर्नुभएका बैजनाथ गाउँपालिकाको सम्पूर्ण जनप्रतिनिधी हरू, प्रमुख प्रशासकीय अधिकृत , स्वास्थ्य संयोजक स्वास्थ्य चौकीहरुमा कार्यरत सम्पूर्ण स्वास्थ्यकर्मीहरु, महिला स्वास्थ्य स्वयंसेविका लगायत स्थानीय समाजसेवी को उपस्थिती रहेको थियो ।