काठमाडौं-पौष ११ गते- नवनियुक्त उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्त घटनाबारे हत्यारा खोज्ने पहिलो निर्णय गरेका छन्। सोमबार शीतलनिवासमा सपथ ग्रहण गरेलगत्तै कार्यभार सम्हाल्न सिंहदरबारस्थित गृहमन्त्रालय पुगेका लामिछानेले सचिव विनोद सिंहसँग निर्मला पन्तको घटनाबारे जानकारी गराउन निर्देशन दिए ।
गृहमन्त्री रबि लामिछानले निर्मला पन्तलाई न्यायका लागि अधिकतम पहल गर्ने पनि बताएका छन् ।गृहप्रवक्ता फणिन्द्रमणि पोखरेलले पनि निर्मला पन्तको हत्याबारे न्यायिक छानबिन गर्ने निर्णय भएको जानकारी दिए। कञ्चनपुरको भीमदत्त नगरपालिका उल्खाटामकी निर्मला पन्तको १० साउन ०७५ मा बलात्कारपछि हत्या भएको थियो। उनको हत्यामा संलग्नलाई प्रहरीले अहिलेसम्म पक्राउ गर्न सकेको छैन।
गृहमन्त्री रवि लामिछानेले गृहमन्त्रीको रुपमा आफ्नो पहिलो निर्णय निर्मला पन्त घटनाबारे नै हुने पनि स्पष्ट पारेका थिए ।