बांके-पुष ११ गते- नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा जनमत पार्टीका उपाध्यक्ष खानलाई मन्त्रीमा नियुक्त भएका छन् । बिना विभागीय मन्त्री बनेको उनी बर्दियाबाट जनमत पार्टीका समानुपातिक सांसद हुन।
प्रधानमन्त्री प्रचण्डसहित ८ मन्त्रीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले शपथ गराएकी थिइन्। जनमत पार्टीका अब्दुल खानले पनि शपथ लिएका छन्। पार्टीले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी दिएपनि हालका लागि विनाविभागीय मन्त्रीका रुपमा शपथ लिएका हुन्। खान समानुपातिक सांसद हुन्। खान जनमतका बरिष्ठ उपाध्यक्ष हुन्। ३६ वर्षीय खानको स्थायी घर बर्दियाको गुलरिया हो।
उनी काठमाडौंको अनामनगरमा प्रथमपटक डा.सीके राउतको दुई दिने कार्यक्रममा स्वयंसेवकका रूपमा सहभागी भएका थिए। त्यहीँबाट राउतको सम्पर्कमा आएका खान काठमाडौंदेखि मधेसका विभिन्न जिल्लामा राउतको दायाहात, भएरा मधेसको इतिहासको परिचयसहित जागृत अभियानमा लागेका थिए। श्रोतका अनुसार अब्दुल खान राउतको निकट मानिन्छन् । बांके जनमत पार्टीका वरिश्ट नेता सह्बुद्दिन अनसारीले बताए।