बर्दिया-पुष ११ गते-जनमत पार्टीका उपाध्यक्ष अब्दुल खान उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री बन्नु हुने भएको छ । जनमत पार्टीका अध्यक्ष राउतले आफ्नो पार्टीबाट उपाध्यक्ष खानलाई उद्योगमन्त्री बन्ने निर्णय भएको बताएका हुन् ।
राउतले आफू सरकारमा नजाने बताएका छन ।
मन्त्री बन्नलाई मेरो योग्यता पुगेको छैन, योग्य व्यक्तिलाई पठाएको छु खान जनमत पार्टीका उपाध्यक्ष हुन् । म सासंद बन्न पनि योग्य व्यक्ति होइन, तर योग्य व्यक्तिलाई पार्टीले मन्त्री बनाउन सिफारिस गर्दैछ,’ राउतले भने। जनमत पार्टीले प्रतिनिधि सभामा छ सिट जितेको छ ।