११ पुष काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्रीमा नियुक्त भइसकेका छन्। नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टीलगायत सात दलको समर्थनमा प्रधानमन्त्री बनेका प्रचण्डले आज ४ बजे शपथ लिँदैछन्।
मन्त्रीहरुको भागबण्डा मिलाउन अहिले गठबन्धनको बैठक संघीय संसद भवन नयाँ बानेश्वरमा बस्दै छ । शुरुवातमा माओवादी केन्द्रले नारायणकाजी श्रेष्ठलाई उपप्रधानमन्त्री बनाउने निर्णय गरिसेको छ । त्यस्तै एमालेबाट उपाध्यक्ष विष्णु पौडेलले आजै मन्त्रीको शपथ लिनसक्ने बताइएको छ । यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने र जनमत पार्टीका अध्यक्ष सीके राउतले पनि आजै शपथ लिने तयारी रहेको छ।
प्रचण्ड गठबन्धन सरकारमा एमालेले ८ मन्त्रालय लिने भएको छ। यसैगरी माओवादीले प्रधानमन्त्रीसहित ६ मन्त्रालय, राष्ट्रिय स्वतन्त्र पार्टीले ३ मन्त्रालय, जसपाले एक राज्यसहित ३ मन्त्रालय, राप्रपाले एक राज्यसहित ३ मन्त्रालय र जनमत पार्टीले एक राज्यसहित २ मन्त्रालय लिने गठबन्धनमा सहमति भएको बताइएको छ।
यता नागरिक उन्मुक्ति पार्टीबाट पनि सरकारमा सहभागी हुने नाहुनेबारे छलफल चलिरहेको छ।