पर्सा- पुष ८ गते ।
पर्सामा छिपहरमाई गाउँपालिका वडा नम्बर ५ भिस्वामा अवैध रुपमा ल्याईएको भारतीय चामल बरामद गरेको छ।जिल्ला प्रहरी कार्यालय पर्सा, सशस्त्र प्रहरी बल नम्बर १३ गण हेडक्वाटर र वीरगन्ज भन्सार कार्यालयको सयुँक्त टोलीले भिस्वा बजारमा छापामा मारेर ३ सय ११ बोरा भारतीय चामल बरामद गरेको छ ।
सशस्त्र प्रहरी बल १३ नम्बर गण हेडक्वाटर पर्साका सशस्त्र प्रहरी नायव उपरीक्षक संतोष बस्नेतका अनुसार भिस्वा बजारमा भण्डारण गरि राखिएको सूचनाको आधारमा छापामारी गरि उक्त परिमाणको चामल बरामद गरिएएको हो ।भिस्वा बजारस्थित बिस्मिल्लाहा मियाँ तेलीको घरमा गोदाम भाडामा लिएर भण्डारण गरिएको थियो ।
नेपालबाट फेयर एण्ड लभ्ली लगायतका कस्मेटिक सामान मात्रै नभएर चाइनिज स्याउकाे ठूलो तस्करी हुदै आएको छ। भारतीय क्षेत्रबाट चामल देखि अन्य सामानहरूकाे तस्करी भैरहेको छ । यो तस्करीमा भिश्वाकै लड्डु भन्नेले क्यारिङकाे जिम्मा लिने गरेको र उनै मार्फत भिश्वामा तस्करी हुदै आएको छ । यो समाचार हामीले गत साता सार्वजनिक गरेका थियौं ।बुधबार पनि भारतबाट चाेरी तस्करी गरेको ठूलो मात्रामा चामल बरामद भएको छ । स्थानीय दुबै प्रहरीका प्रमुखलाई सेटिङ मिलाएर तस्करी गरि ल्याइएको उक्त चामल नेपाल प्रहरी र सशस्त्र प्रहरी समेतको संयुक्त टाेलीले बरामद गरेको हो ।
उक्त तस्करीको चामल पनि लड्डुले नै क्यारिङ गरेर ल्याएको स्थानीय बासिन्दा बताउँछन् । तर चामलको असली मालिककाे पहिचान भने हुन सकेको छैन । देशकै सर्वाधिक राजस्व संकलन गर्ने वीरगन्जका दुवै भन्सारको राजस्व असुलीको अवस्था निराशाजनक छ । वीरगन्ज र सिर्सिया सुक्खा बन्दरगाह भन्सार कार्यालयको राजस्व असुलीको अवस्था नाजुक छ । चालु आर्थिक वर्षमा लक्ष्यको नजिक पुग्न पनि हम्मे परेको छ । दुवै भन्सारको राजश्व असुली आयातमुखी भएको र हाल आयात घट्न गएकाले त्यसको असर देखिएको हो ।वीरगन्ज भन्सार कार्यालयको तथ्यांक हेर्दा, चालु आर्थिक वर्षको मंसिर महिनामा यो भन्सारले मासिक लक्ष्यको जम्मा ५० प्रतिशत मात्र राजश्व असुली गर्न सकेको छ । मंसिर महिनामा २१ अर्ब ६९ करोड ४२ लाख ४५ हजार रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य पाएको यो भन्सारले जम्मा १० अर्ब ९० करोड ६० लाख ५७ हजार रुपैया मात्र राजश्व असुली गर्न सक्यो ।
त्यसैगरी, चालु आर्थिक वर्षको ६ महिना अर्थात साउनदेखि मंसिरसम्ममा कुल ९९ अर्ब ७२ करोड ७१ लाख ५४ हजार रुपैयाँ राजस्व असुलीको लक्ष्य पाएको यो भन्सारले जम्मा ६३ अर्ब ४५ करोड ७० लाख २६ हजार रुपैयाँ मात्र राजस्व संकलन गर्न सकेको छ । जुन लक्ष्यको ६४ प्रतिशत मात्र हो । जबकि चालु आर्थिक वर्षका लागि यो भन्सारले कुल २ खर्ब ६० अर्ब ९७ करोड २० लाख ८ हजार रुपैयाँ राजस्व असुलीको लक्ष्य पाएको छ । सिर्सिया सुक्खा बन्दरगाह भन्सारको राजस्व असुली पनि उस्तै छ । मंसिर महिनामा यो भन्सारले लक्ष्यको ६४ दशमलव ९३ प्रतिशत मात्र राजस्व असुली गर्न सक्यो । यस महिनामा ५ अर्ब ५१ करोड ४२ लाख ३८ हजार रुपैयाँ राजस्व असुलीको लक्ष्य पाएको यो भन्सारले ३ अर्ब ५८ करोड ५ लाख ७१ हजार रुपैयाँ मात्र संकलन गर्न सक्यो । त्यसैगरी साउनदेखि मंसिर महिनासम्ममा २६ अर्ब १९ करोड ६२ लाख ७६ हजार रुपैयाँ राजस्व असुलीको लक्ष्य रहेकोमा ६९ दशमलव ४५ प्रतिशत अर्थात १८ अर्ब १९ करोड ४४ लाख रुपैयाँ मात्र असुली भएको छ ।
नवजनप्रहारसाप्ताहिकबाट