बांके- पुष ८ गते ।
महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले ‘महिला सशक्तिकरणमा –महालक्ष्मी लाइफ’ कार्यक्रमको शुरुवात गरेको छ । गत सोमबार चितवनमा सौराहा स्थित होट्ल सेभेन स्टारमा आयोजित एक समारोहमा कम्पनीका अध्यक्ष मनोरञज्न रमण शर्माले ‘महिला सशक्तिकरणमा –महालक्ष्मी लाइफ’ कार्यक्रमको पानसमा बत्ति बालेर उदघाटन गरेका हुन् ।
समाजमा पिछडिएका आर्थिक रुपमा कमजोर रहेका महिलालाई अगाडी बढाउन यस्ता कार्यक्रम फलदायी हुने शर्माको भनाई छ ।उक्त कार्यक्रममा देशभरी बाट शाखा र उपशाखा प्रमुख अधिकृतहरु समेत गरी ७५ जनाको उपस्थिति रहेको थियो ।कम्पनीका प्रमुख कार्यकारी आधिकृत रमेश कुमार भटराईले महिला सशक्तिकरणमा महालक्ष्मी लाइफ कार्यक्रमको अवधारणा र महिलामा पर्ने प्रभावको बारेमा जानकारी गराएका थिए ।
उक्त कार्यक्रम देशका ३० जिल्लामा सञ्चालन गरिने र कार्यक्रम मार्फत ६० जना महिलालाई प्रत्यक्ष रोजगारी र ३ हजार भन्दा बढीलाई अप्रत्यक्ष रोजगारी दिने कम्पनीकले जनाएको छ । कार्यक्रम मार्फत महिलाहरुलाई विभिन्न सीपमुलक तालिम दिइने , बीमा कार्यमा संलग्न गराउने र अभिप्रेरित गर्ने जस्ता योजना रहेको बताइएको छ ।