काठमाडौं-पुष ६ गते।
नेपाली कांग्रेस संसदीय दलको नेता चयनका लागि आज बुधबार मतदान हुँदैछ। संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको संसदीय दलको नेताका लागि सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाबीच प्रतिस्पर्धा हुने भएको छ ।
आज बिहान ८ बजेदेखि सुरु भयेको मतदान कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा हुने मतदान बिहान १० बजेसम्म चल्नेछ । सभापति देउवाको प्रस्तावक नेता रामचन्द्र पौडेल र समर्थकमा उपसभापति पूर्णबहादुर खड्का बस्नुभएको छ । त्यस्तै, महामन्त्री थापाको उम्मेदवारीमा नेता शेखर कोइराला प्रस्तावक बन्नुभएको छ भने उपसभापति धनराज गुरुङ, महामन्त्री विश्वप्रकाश शर्मा र नेता प्रदीप पौडेलले समर्थन गर्नुभएको छ ।
संस्थापन पक्षबाट देउवा निर्विकल्प दलको नेताको उम्मेदवार हुने पहिला नै पक्का भए पनि संस्थापनइतर समूहबाट कसलाई बनाउने भन्ने लामो छलफलपछि मनोनय दर्ता गर्नुभन्दा २ घण्टाअघि मात्रै महामन्त्री थापालाई अघि सार्ने निर्णय भएको हो । थापालाई अघि सार्ने कोइराला समूहको निर्णयले सभापति तथा प्रधानमन्त्री देउवासँग बलियो दावेदारी प्रस्तुत गरिएको संस्थापन समूहका नेताहरूले बताएका छन् ।
मतदाताहरुलाई आफू सांसद पदमा निर्वाचित भएको प्रमाणपत्रसहित उपस्थित हुन भनिएको छ । यसपटक दलको नेताका लागि पार्टी सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापा बिच कडा प्रतिस्पर्धा हुने छ संस्थापन समूहका नेताले बताएका छन्।